२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मिक्लाजुङमा पुस्तक मेला

विद्यार्थीको पठन संस्कृति विकास गर्ने उद्देश्यले मोरङको उत्तरी भेग मिक्लाजुङस्थित टाँडी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ। राष्ट्रगानका लेखक व्याकुल माइलाको हातबाट बिहीबार उक्त पुस्तकालय उद्घाटन गरिएको छ।

सुनसरी मोरङ करिडोरका उद्योगमा अर्बौं लगानी थप

राजनीतिक स्थायित्वपछि विकास निर्माणले गति लिने आसमा सुनसरी–मोरङ औद्योगिक करिडोरमा निर्माण समाग्री उत्पादन गर्ने ठूला उद्योग थपिन थालेका छन्। सुनसरी–मोरङ औद्योगिक करिडोरका विभिन्न स्थानमा फलामे डन्डी, सिमेन्ट जस्ता निर्माण सामग्री उत्पादन गर्ने नयाँ उद्योग धमाधम स्थापना हुन थालेका हुन्।

मोरङमा रासायनिक मल पर्याप्त

मोरङमा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात छ। वर्षे धानबालीका लागी रासायनिक मलको अभाव नभएको साल्टट्रेडिङ  कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ।

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर

विष मिसिएको पानी पिउँदा मोरङको लेटाङ–९ जाँते  स्थित  श्री माध्यामिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन्।

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ।

मोरङमा माइक्रोबस दुर्घटना, दुईको मृत्यु १० घाइते

झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन्।

एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब भिड्दै

बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) पहिलो क्वाटरफाइनल खेलमा सिमराको एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब विराटनगरबीच प्रतिस्पर्धा हुदैछ । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

उपाधि होडमा सुनसरी र मोरङ

पाँचथरको फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि आईतवार (आज)  सुनसरी–११ र मोरङ–११ भिड्दै छन् । खेल फिदिम उच्च माविको खेल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ ।

मोरङ ११ सेमिफाइनल प्रवेश

मोरङ ११ पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । बुधवार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौँलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनल प्रवेश गरेको हो ।

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा पाँच घाइते

मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।  इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

मोरङको १२ वटा प्रदेशसभामध्ये ८ वटा प्रदेशको मत परिणाम सार्वजनिक

मोरङमा १२ वटा प्रदेशसभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ।  प्राप्त नतिजाअनुसार पाँचवटामा वाम गठबन्धन र तीन वटा प्रदेशमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।

मोरङ ६ मा लालबाबु पण्डित र ३ मा भानुभक्त ढकाल विजयी

मोरङका छमध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्