१९ वैशाख २०८१ बुधबार
image/svg+xml

पाँचतारे होटलको अभाव खेपेको पोखरा

पोखरालाई पर्यटनको राजधानी तय गर्ने सरकारी तयारी हुँदै गर्दा यहाँ ठूला आकार र लगानीका होटल भने लामो समयदेखि थपिन सकेका छैनन। यतिसम्मकी यहाँका दुईवटा पाँचतारे मध्ये एउटा होटलले मात्र नवीकरण गरेको छ। पर्यटन विभागले हालै प्रकाशन गरेको पाँचतारे होटलको सूँचीमा पोखराको फूलबारी होटल छैन। फूलबारीले नवीकरण समेत गरेको छैन। पोखरा ग्राण्ड मात्र पोखराको पाँचतारे होटलको रुपमा विभागमा सूँचीकृत छ। नवीकरण नगरेको फूलबारी लामो समयदेखि संचालनमा छैन।

रिसोर्टको तृप्तिसँगै क्रान्तिको विसर्जन

नातिनी प्रतिभाको खर्चिलो, भड्किलो र राजसी विवाह नै कुनैबेलाका क्रान्तिकारी प्रचण्डको राजनीतिक अवसानको चिहान बन्यो भने आश्चर्य नमाने हुन्छ।

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)गोविन्द थपलियाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका बाँस्कोटमा १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोले। प्रहरी सेवामा रहँदा देशविदेश देखेका उनलाई कृषिकर्म गर्ने हुटहुटीले छोयो। त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उनले तरकारी र फलफूल खेती सुरु गरेका हुन। ऊ बेलादेखि नै उनले काठमाडौँका तारे होटललाई बजारको ‘टार्गेट’ गरेका हुन। उनको लक्ष्य अहिले विस्तारित हुँदैछ।

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

बन्दीपुर केबलकारको काम अन्तिम चरणमा

पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

पर्यटनमा आयाम थप्दै बन्दीपुर, पाँचतारे होटलसहितको केबलकार आकर्षण

कोभिड–१९ को बन्दाबन्दीका बेला सुस्ताएको बन्दीपुरको पर्यटन अहिले तंग्रिने प्रयासमा छ। कोभिडका बेला बन्दीपुर ठप्पै भयो। विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति रहने यहाँ त्यसबेला विदेशी त के नेपाली पर्यटकको पनि चहलपहल भएन। 'कोभिडले पर्यटन व्यवसाय र यहाँका व्यवसायीलाई नराम्ररी प्रभावित बनायो, अहिले विस्तारै तंग्रिने प्रयास गरिरहेको छ', उनले भने, 'अहिले फाट्टफुट्ट मात्रै पर्यटक छन्, विस्तारै राम्रै होला।'

इटहरीमा सवा अर्बको पाँचतारे होटल

डेढ दशकअघिसम्म इटहरी चोकभन्दा उत्तर धरानतर्फ सेनाको पूर्वी पृतना मुख्यालयदेखि माथि सडकछेउमा सामान्य स्तरका घर थिए। सडक दायाँबायाँ खेती गर्न गाडिएका पम्पसेट अहिले पनि कतैकतै भेटिन्छन्। यही सडकआपसासको क्षेत्र हेर्दाहेर्दै अहिले आकाश–जमिनको फरक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्