१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दोलखामा बोलेरो दुर्घटना हुँदा १ बालिकाको मृत्यु, ५ घाइते

दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते छन्।

सोलुखुम्बुमा बेलायती नागरिक मृत फेला

सोलुखुम्बुमा एक विदेशी नागरिक मृत भेटिएका छन्। जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका ४ को एक होटलमा बास बसेका ५४ बर्षका एक बेलायती नागरिक मृत भेटिएका हुन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बा५च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो ।

स्कारपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन्।

आमा भैलो खेल्न जाँदा ७ वर्षीय बालकको चितुवाको आक्रमणबाट मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात बर्षिय छोरा ऋतिक रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए।

जीपबाट खसेर एक जनाको मृत्यु

जीपबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु

सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

इराकमा सरकारविरोधी प्रदर्शन, कम्तीमा ३० को मृत्यु

सरकारविरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ। देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु दुई हजार तीनसय भन्दाबढी घाइते भएका छन्। प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो।

भैरहवामा भयानक दुर्घटनाः मोटरसाइकल र ट्रक जल्यो, एकको मृत्यु (फाेटाे फिचर)

भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

तमानखोलामा जीप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङको तमानखोला गाउँपालिकामा  शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्