१९ आश्विन २०८१ शनिबार
image/svg+xml

जिप दुर्घटनामा दुईको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमध्ये आधा पैदलयात्री

जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो। तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन्।

बग्दादी मारिएको आईएसद्वारा पुष्टि, को भए नयाँ नेता ?

इस्लामिक स्टेट (आईएस)ले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको छ । अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा आफ्नो नेता अबु बक्र अल बग्दादीको मृत्यु भएपछि इस्लामिक स्टेटले इब्राहिमलाई नयाँ नेता चुनेको हो ।

प्रदेश एकमा तिहारमा मात्रै २९ जनाको मृत्यु

तिहारको अवधिमा भएका विभिन्न घटनामा प्रदेश १ मा २९ जनाको मृत्यु भएको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार तिहारको अवधिमा  आत्महत्या र विभिन्न घटनामा परी २९ जनाले ज्यान गुमाएका छन्।

बस दुर्घटनामा तीनको मृत्यु, घाइतेहरुको नेपाल मेडिकल कलेजमा उपचार हुँदै

बिहीबार दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

बर्दियामा कुटपिटबाट युवकको मृत्यु

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

पाकिस्तान : कराची–रावलपिंडी एक्सप्रेसमा विष्फोट, ६५ को मृत्यु

रेल अधिकारीहरुको अनुसार खाना पकाउनलाई प्रयोग गरिने ग्यास विक्ष्फोट भएको थियो। विष्फोट पछि रेलको तीनवटा डिब्बामा आगो लागेको हो। आगलागीमा परेर ६५ यात्रुहरुको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु गम्भीर घाइते भएका छन्।

छिमेकीको पर्खालमा ठोक्किएर मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ। मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

खोलाले बगाउँदा बालकको मृत्यु

बेलकोटगढी नपा–१२ घोडगाढका ९ वर्षीय बालक विप्लव मिजारको तादी खोलाले बगाउँदा मृत्यु भएको छ। आज तादी खोलामा पौडी खेल्ने क्रममा मिजारलाई खोलाले बगाएको हो।

चौधरीको मृत्यु प्रकरणमा चार जना प्रहरी नियन्त्रणमा

भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु कामदारका परिवारलाई आर्थिक सहायता

सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्