बस दुर्घटनामा परी दुई घाइते
यातायात व्यवस्था विभाग एकान्तकुना ललितपुर अगाडि भएको बस दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
यातायात व्यवस्था विभाग एकान्तकुना ललितपुर अगाडि भएको बस दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ।
झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ।
स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो।
रुकुम पूर्वको सिस्ने गाउँपालिका अन्तर्गतको मध्यपहाडि राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। सिस्ने गाउँपालिका–६, छिप्रीदहबाट यात्रु लिएर धौलापहिरातर्फ गइरहेको लु १ ज २५७३ नम्बरको जीप सोही गाउँपालिका–५, धारापानी नजिकै दुर्घटना भएको हो।
दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ ।
सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्।
जन्ती बोकेको बस दुर्घटना हुँदा सोमबार विहान उदयपुरमा एक भारतीय नागरिकको मृत्यु भएको छ।
उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ।
प्युठान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाग्दुलाबाट नारिकोटका लागि छुटेको लु १ ज १७४३ नम्बरको यात्रुबाहक जीप गौमुखी गाउँपालिका वडा नम्वर ७ नारिकोटमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्युठानका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेहरू बापत असुल गरेको रकममा यो वर्ष उल्लेख्य वृद्धि गरेको छ ।
सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ।
बिहीबार बिहान पाल्पामा भएको बस दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।
तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।