९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बस दुर्घटनाका घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

पाल्पा - बिहीबार बिहान पाल्पामा भएको बस दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।

दुर्घटनामा गम्भिर घाईते भएका तानसेन नगरपालिका–८ का ३६ वर्षीय बिष्णुबहादुर मल्ल, काठमाडौं जडिबुटीकी ५६ वर्षीय बिमला रेग्मी र बुटवल–६ रुपन्देहीकी ६८ वर्षीय उमामाया पराजुलीलाई थप उपचारका लागि काठमाडौं बीर अस्पताल लगिएको हो।

तानसेन नगरपालिका–८, भालेबासमा लु १ ख ७२७२ नम्बरको बस दुर्घटना हुँदा २६ जना घाइते भएका थिए। बिहान करिब साढे ६ बजे भएको दुर्घटनाका अन्य २२ घाइतेहरुको लुम्बिनी मेडिकल कलेज, प्रभाषमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते अधिकांशको टाउको र शरिरमा चोट लागेको छ।

प्रकाशित: २८ असार २०७५ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App