२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीले भने–मुलुक अब निर्वाचनतर्फ अघि बढ्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसदमा दर्ताभएसँगै मुलुक निर्वाचनतर्फ अघि बढेको दाबी गरेका छन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेताहरुसँग बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले मुलुक निर्वाचतर्फ अघि बढेको बताएका हुन्।

समयमै निर्वाचन गराउन प्रमुख दलहरुबीच सहमति आवश्यक: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समयभित्रै स्थानीय निर्वाचन गराउन राजनीतिक दलहरुबीचको असहमति अन्त्य गर्नुपर्ने बताएका छन्। सोमबार गाईघाटमा आयोजित जिल्ला निर्बाचन कार्यालय उदयपुरको भवन सिलान्यास कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले ०७४ माघ ७ गते भित्रै स्थानीय तहको निर्बाचन गरिसक्नुपर्ने कानुनी बाध्यता स्मरण गराउँदै त्यसका लागि दलीय सहमति अनिवार्य भएको बताएका हुन्।

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ।

चैतभित्रै स्थानीय निकायको निर्वाचनः मन्त्री पाण्डे

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले अहिलेसम्म ६२ वटा जिल्लाको स्थानीय पूर्नसंरचना भइसकेको बताएका छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मान्त्री पाण्डेले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूर्नसंरचना आयोगले काम गरिरहेको बताए।

'निर्वाचन मिति आयोगलाई तोक्न देऊ'

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन आयोगले पाउनुपर्ने माग गरेका छन्। व्यवस्थापिका संसद् राज्यव्यवस्था समितिको आइतबारको बैठकमा यादवले निर्वाचनको क्रममा कर्मचारी व्यवस्थापनको जिम्मासमेत आयोगलाई दिन माग गरेका हुन्।

‘चैतमा स्थानीय तहको निर्वाचन’

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुनसंरचनाको काम सकेपछि आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्ने गरी मन्त्रालयले तीव्ररुपमा गृहकार्य गरिरहेको बताएका छन्।

सरकारको काम संविधान संशोधन र निर्वाचन: उपप्रधानमन्त्री निधि

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारको संविधान संशोधन र निर्वाचन गराउनु दुईवटा मुख्य काम भएकाले यसैमा लागिपरेको बताएका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणनामा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्। हाल सम्म ट्रम्पले ४८. ५ प्रतिशत भोट प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्न्लिन्टनले ४७ प्रतिशत भोट प्राप्त गरेकी छन्। हाल सम्म ट्रम्पले २ सय ५४ इलेक्ट्रोल भोट जित्दन क्लिन्टनले २ सय ९ इलेक्ट्रोल भोट जितेकी छन्।

सांस्कृतिक विलोम र अमेरिकी निर्वाचन

नेपालका राजनीतिक नेताहरू अनावश्यकरूपमा क्रान्तिकारी हुन खोज्दा सांस्कृतिकलगायतका धेरै विषय हाम्रा लागि सुदूर भइरहेका छन् । राजनीतिमा भद्रगोल आउनु नेपालका राजनीतिकर्मीहरू आफै निर्णायक हुन नसक्नुको परिणाम हो ।

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचन शुरू

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचनअन्तर्गत मंगलबारबाट मतदान शुरु हुँदैछ। मंगलबार ५० ओटा राज्यमा मतदान हुने जनाइएकाे छ। यसको २४ घण्टापछि मत परिणाम सार्वजनिक हुने जनाइएको छ। नयाँ राष्ट्रपतिले जनवरी २०१७ देखि आफ्नो पदभार ग्रहण गर्नेछन्।

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने आइएसको चेतावनी

इस्लामिक स्टेट आइएसले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने चेतावनी दिएको छ। गत शनिबार अर्को आतंकवादी समूह अल कायदाले राष्ट्रपतिको निर्वाचनको दिन न्युवोर्क, टेक्सस र भर्जिनियालगायतका राज्यमा आक्रमणको चेतावनी दिएको भोलिपल्ट आइएसले मतदाताको नै हत्या गर्ने चेतावनी दिएको हो।

एक वर्षभित्र निर्वाचन हुन नसके मुलुक खतरामा: मन्त्री लेखक

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ०७४ माघ ७ गते भित्र तीनवटै निकायका निर्वाचन हुन नसके देश खतरामा पर्ने बताएका छन्। स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन समयभित्र हुन नसके संविधानमै जटिलता आउन सक्न भन्दै निर्वाचनकालागि सरकारले पहल थालेको जानकारी दिए।

संविधान संशोधनपछि निर्वाचनः दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। न्हुदँ समारोह समितिद्वारा नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए।

सहमतिमै संविधान संशोधन र तीनवटै निकायको निर्वाचन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकतालगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने बताए।  प्रधानमन्त्रीले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि लागिपरेको बताए।

दलहरुबीचको तित्तता हट्यो, तीनवटै निर्वाचन हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकतालगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्