३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘बैंकले अकारण ब्याजदर घटाएका होइनन्’

सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको बैंकिङ तथा वित्तीय क्षेत्रमा चार दशक बढीको अनुभव छ । २० वर्ष बढी समय नेपाल राष्ट्र बैंकमा बैकिङ्ग अनुभवपछि एनसिसी बैंक तथा ग्लोबल आइएमईको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

ब्याजकै लागि भए पनि लगानीयोग्य हुँदै नेपाल

केही साता नेपाल बसेर फर्किएका ड्यालसका एक स्थानीय नेपालीले बडो घतलाग्दो तथ्य सुनाए। ‘यहाँ (अमेरिकामा) लगानी गरेर जोखिम, अनिश्चितता बोक्नुभन्दा त नेपालको बैंकमा लगेर पैसा राख्यो भने बढी फाइदा हुने रहेछ,’ उनको भनाइ थियो।

राष्ट्र बैंकको दबाबपछि ब्याज नबढाउने ‘भद्र सहमति’

प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला गरेको दुई साता नबित्दै नेपाल राष्ट्र बैंकले दबाब दिएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुनः निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेको छ।

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।

ब्याजदरमा सिलिङ तोक्दा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण हुन्छ

धेरै बैंकको नाफा बढेको छ । सेञ्चुरी बैंक तीन महिनामा एक सय तीन प्रतिशत नाफा बढाउन सफल भएको छ । चैतसम्म बैंकको खुद नाफा ६३ करोड रुपैयाँ पुगेको छ । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा गरेको थियो । बैंकले ५२ अर्ब निक्षेप संकलन गरेको छ भने ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ।

ऋणको ब्याज घटाउँदै बैंक

करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुन थालेपछि ऋणको ब्याजदर घटाउने अवस्थामा पुगेका छन्।

बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने

वाणिज्य बैंकहरुले बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने भएका छन् । यसअघि मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका बैंकहरु पुनः बचतको ब्याजदरमा पनि अंकुश लगाउने निर्णयमा पुगेका हुन्।

विकास बैंकले पनि ब्याज नबढाउने

वाणिज्य बैंकहरुले जस्तै विकास बैंकले पनि ब्याजदर नबढाउने भद्र सहमति गरेका छन् । कल डिपोजिटमा साढे सात र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति उनीहरुले गरेका हुन्।

मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गैरकानुनी रुपमा करोडौ कारोबार गर्ने पाँच वित्तिय संस्थाका संचालकलाई पक्राउ गरेको छ।

टेलिकमले ल्यायो बिनाब्याजको सापटी

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई नयाँ सुविधा थप्ने क्रममा सापटी सेवा सुरु गरेको छ । यो सेवा सुरु भएपछि अब कुरा गर्दौगर्दै ब्यालेन्स सकिए पनि लाइन काटिने छैन ।

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ ।

बचतको पनि ब्याज बढाउँदै बैंक

मुद्दती खाताको ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका बैंकहरुले उक्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

आगलागी–बाढीपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण

भूकम्प पीडितले जस्तै आगलागी, बाढी तथा डुबानपीडित घरपरिवारले पनि दुई प्रतिशतमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा यस्तो सुविधा उपलब्ध गराउने उल्लेख छ ।

ब्याज नबढाउने ‘भद्र सहमति’

लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर बढाएर मुद्दती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याजदर नबढाउने भद्र सहमति गरेका छन्।

पैसा तान्न ब्याज बढाउने होडमा बैंक

लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । एक साताअघि मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्