अफगानिस्तानमा महिलालाई विश्वविद्यालय शिक्षा निषेध
अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय शिक्षामा पनि प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका उच्च शिक्षामन्त्रीले यो निर्णय तत्काल कार्यान्वयन हुने जानकारी मंगलबार दिएका हुन्।
अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय शिक्षामा पनि प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका उच्च शिक्षामन्त्रीले यो निर्णय तत्काल कार्यान्वयन हुने जानकारी मंगलबार दिएका हुन्।
तालिबान नेतृत्वको सरकारले यसै सातादेखि यस्तो नियम लागु गरेको हो। यो नियमअन्तर्गत सार्वजनिक स्थलमा महिलाले प्रवेश पाउनेछैनन्। यसअघि अफगानी महिलालाई घरबाहिर काम गर्न प्रतिबन्ध लगाएको तालिबान सरकारले बालिकालाई ६ कक्षाभन्दा माथि पढ्न पनि रोक लगाएको थियो।