५ आश्विन २०८१ शनिबार
image/svg+xml

आचारसंहिताको अनुगमनमा कडाइ गर्न प्रमुख आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ।

प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको छ।

तीन निर्वाचन चिह्नमा सामान्य हेरफेर

निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिह्न हेरफेर गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्यायो

त्यस अवरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यसबाट भरपुर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु।

आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु

बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताएका हुन्।

५६ सय ३६ उम्मेदवार मैदानमा

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ।

निष्पक्ष र स्वतन्त्र पर्यवेक्षणका लागि प्रमुख आयुक्त थपलियाको आग्रह

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताएका छन्।

आज उम्मेदवारी फिर्ता लिन सकिने

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ।

सामाजिक सञ्जालमा आयोगको निगरानी

निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित निगरानी सुरु गरेको छ।

सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा संलग्न भएपछि आयोगको कारबाही सुरु

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ।

सामाजिक सञ्जालमा गरिने विज्ञापन निर्वाचन खर्चमा समेटिने

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सामाजिक सञ्जालमा गरिने विज्ञापन उम्मेदवारको निर्वाचन खर्चमा समेटिने जनाएको छ।

उम्मेदवारको नामावली प्रकाशन आज गरिँदै

मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ।

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

देशभर उल्लासपूर्वक उम्मेदवारी: ६ हजार बढीको मनोनयन दर्ता

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार देशभरिका निर्वाचन क्षेत्रमा उत्साहपूर्णरुपमा उम्मेदवारी दर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्