७ आश्विन २०८१ सोमबार
image/svg+xml

पाँचौं चरणको मतदान सम्पन्न

भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान सम्पन्न भएको छ। सात राज्यका ५१ स्थानका लागि सोमबार मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ।

प्रधानमन्त्री मोदीले ९० वर्षीया आमासँगै गुजरातमा गरे मतदान

भारतमा जारी लाेकसभा निर्वाचनअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले ९० वर्षीया आमा हिराबेनसँग गुजरातको अहमदाबादमा मतदान गरेका छन्। प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए। मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ।

युक्रेनमा दोस्रो चरणको मतदान

युक्रेनमा राष्ट्रपति चयनका लागि आइतबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दोस्रो चरणको चुनावमा राष्ट्रपति पेट्रो पोरोसेन्को र हाँस्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच प्रतिस्पर्धा हुँदै छ । पछिल्ला जनमत सर्वेक्षणले हाँस्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् ।

निर्धाको दैव सहारा

जसको कोही छैन त्यसकालागि सरकार हुनुपर्नेमा पशुपतिनाथको देशमा अझैसम्म पनि ‘निर्बलको बल राम’ मात्र हुने अवस्था विद्यमान छ। भविष्य फेरिने प्रारंम्भिक संकेतसम्म पनि देखिँदैन। बाँच्नका लागि आश नजोगाइ सुख छैन।

पहिलो दिनको मतदान सम्पन्न

भारतमा विभिन्न सात चरणमा हुने लोकसभा निर्वाचनअन्तर्गत बिहीबार पहिलो दिनको मतदान सम्पन्न भएको छ। बिहीबार १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न भएको छ। लोकसभामा रहेको पाँच सय ४५ सिटमध्ये ९१ सिटका लागि बिहीबार मतदान सम्पन्न भएको हो। नेपालसँग सीमा जोडिएका भारतका ठूला प्रदेशहरु उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायतका विभिन्न निर्वाचन क्षेत्रमा पहिलो चरणअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको हो।

भारतमा आज पहिलो चरणको मतदान

भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३ मा मतगणना सुरु हुनेछ।

बारमा नयाँ नेतृत्वको लागि निर्वाचन सुरू

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन हुँदैछ। बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन्। मतदान सुरू भइसेकेकाे बार एशोसिएसनले जनाएकाे छ।बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान हुँदैछ।

विकल्प रोज्न संसदमा मतदान

युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ प्रक्रियालाई निकास दिनेबारे सोमबार बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’मा मतदान भएको छ। ब्रेक्जिट प्रक्रियाको नियन्त्रण सदनको मातहत रहनेगरी सो मतदान भएको बिबिसीले उल्लेख गरेको छ।

थाइल्यान्डमा नमुना मतदान

थाइल्यान्डमा आइतबार ठूलो भिडभाडका साथ देशभर नमुना मतदान सम्पन्न भएको छ। मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङस्थल र मन्दिरलगायतका ठाउँमा हजारौंको संख्यामा मतदाताले नमुना मतदान गरेको बताइएको छ।

बङ्गलादेशमा निर्वाचन : मतदान जारी, झडपमा परी दुई जनाको मृत्यु

बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ

स्थायी राजधानी तोक्न मतदान हुने

तीन नम्बर प्रदेशको स्थायी राजधानी तय गर्न मतदान हुने भएको छ। प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा सोमवार हेटौंडामा बसेको सर्वदलीय बैठकले राजधानी तोक्ने विषयलाई मतदान प्रक्रियामा लैजाने निर्णय गरेको हो।

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन गृहकार्य थालेको छ। त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।

देशको नाम फेर्न म्यासेडोनियामा जनमत संग्रह, पक्षमा बहुमत

म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन्। आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए। यो मतदानसँगै म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ।

राजधानीे र नामको टुंगो लगाउन आज मतदान हुँदै

प्रदेश नम्बर ७ को नाम र राजधानीको टुंगो लगाउन आज मतदान हुने भएको छ। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मतदानबाट प्रदेशसभाको नाम र राजधानी टुंगो लगाइने प्रदेशसभा सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्