ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्छः ओनसरी घर्ती
उनले भनिन्, ‘यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिष्ट पार्टीलाई फेरि फोर्नको लागि बहुमत?
उनले भनिन्, ‘यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिष्ट पार्टीलाई फेरि फोर्नको लागि बहुमत?
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरे।
'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ।'
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न पार्टीका शीर्ष नेतालाई देशभरका चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका बनाएर अघि बढिरहेका बेला काठमाडौंका जनताले भने कुन दललाई मतदान गर्लान् भन्ने चासो पनि उत्तिकै छ।
‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिबद्धता लिएर आएका छौँ। जे सक्छौँ त्यो गर्छौं। जे बोल्छौं, त्यो गर्छौं। आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ। घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ। कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ। हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। गठबन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छाैँ। हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ।’
'सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो। देशको कानून बनाउने काम हो। धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन्। मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफूले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु।’
निर्वाचनमा पनि महिलाहरुको सहभागीता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन्। नेतृ घर्तीले महिलाहरुको प्रतिनिधित्व, पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताइन्।
गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेकी नेकपा (माओवादी केन्द्र) की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी छन्।