५ आश्विन २०८१ शनिबार
image/svg+xml

मन्दिरमा सन्यासीबीच झडप, एकको मृत्यु

कञ्चनपुरमा दुई सन्यासी (जोगी)बीच झडप हुँदा एकको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ४ स्थित गुलरियाको प्रसिद्ध वनदेवी मन्दिरमा शुक्रबार साँझ आपसी विवादमा एकले अर्को सन्यासीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।

अनिल गुरुङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास (भिडियो)

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। एएफसी एशिया कप २०१९ छनौटका लागि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको नेपाल र फिलिपिन्सबीचको खेलपछि उनले सन्यास घोषणा गरेका हुन्।सो खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

९१ वर्षीय बृद्धद्वारा हरिहर सन्यास आश्रमलाई साँढे ५१ लाख सहयाेग

समाजसेवी ९१ वर्षीय जगुपति सापकोटाले ५१ लाख ५१ हजार १ सय ५१ रुपैयाँ रकम देवघाटस्थित हरिहर सन्यास आश्रमलाई सहयोग गरेका छन्। समाजसेवालाई आफ्नो जीवनको मूलमत्र मान्ने भरतपुरका ९१ वर्षीय सापकोटा अहिलेपनि समाजसेवामा उतिकै सक्रिय छन्।

सान्ता क्रुजले सन्यास लिने

पाराग्वेका भेट्रान स्ट्राइकर रकी सान्ता क्रुजले विश्वकप छनोटका दुई खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। पेरु र बोलिभियाविरुद्ध हुने विश्वकप छनोटपछि उनले संन्यास लिने मंगलबार बताएका हुन्।

म्यानचेस्टर सिटीका याया टोउरेद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

म्यानचेस्टर सिटी तथा आइभोरी कोष्टका मिडफिल्डर याया टोउरेले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

मेसीद्वारा सन्यास फिर्ता

अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सीलोनाका स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा फेरि फर्कने घोषणा गरेका छन्। अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेसीले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।

मेसीको सन्यासमा निराश रोनाल्डो

पेरिस–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोनेल मेसीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिनु फुटबल जगतकै लागी दुखद भएको बताएका छन्।

अग्वेरोले भने- मलगायत अन्य खेलाडी पनि सन्यास गर्ने मुडमा

अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्वेरोले आफूलगायत टिमका अन्य केही खेलाडीहरु चिलीविरुद्धको पीडादायी हारपछि अन्तर्राष्ट्रिय खेलबाट विदाइ लिने सोचमा रहेको बताएका छन्। उनले ड्रेसिङ कक्षमा आजको जस्तो पीडादायी क्षण कहिल्यै नभोगेको बताए। त्यसैले आफूसिहत केही खेलाडी यात्रा टुङ्ग्याउने सोचमा रहेको बताए।

अन्तर्राष्ट्रिय खेलबाट मेसीको सन्यास

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान मेटलाइफ स्टेडियममा सम्पन्न कोपा अमेरिकाको फाइनलका चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएसँगै मेसीले सन्यासको घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्