२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत

पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

रामपुरमा व्यावसायिक कालिजपालन

रामपुर क्षेत्रमा नयाँ व्यवसायका रूपमा कालिजपालन सुरु भएको छ । रामपरू नगरपालिका ४ स्थित बरडाँडा आरूमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ ।

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’

बालबालिकाको खेल संस्कार विकास गर्न र उनीहरूलाई समयानुकूलको शिक्षा प्रदान गर्न पाल्पाकै नमूना विद्यालयका रूपमा रहेको रामपुर नगरपालिका–८ स्थित गङ्गा माविमा सो अभ्यासको थालनी भएको छ।

धानबालीमा समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उनी बताउँछन्। करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ।

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन।

मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ। पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्छन्। उनी भन्छिन्, ‘कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै बुढ्यौली टेकिएछ, यसमै तल्लिन रहेर काम गर्दा उमेर बढ्दै गएको पत्तो पाइएन, यसरी नै जीवन वितिरहेछ।’

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्