coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

एपीएफलाई हक्की सामाग्री

नेपाल हक्की संघले सशस्त्र प्रहरी बल नेपाल (बिशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ। साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ।

अम्पायर तालिम

नेपाल हक्की संघको आयोजनामा अम्पायर तालिम आइतबारदेखि सुरु भएको छ। एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा भएको तालिममा ३३ जनाको सहभागिता रहने हक्की संघले जनाएको छ।

गण्डकी प्रादेशिक हक्की संघ गठन

गण्डकी प्रादेशिक हक्की संघको भेलाले दीपकबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ। गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पूजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन।

एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमाआजदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ।

पुलिस र सुदूरपश्चिम विजयी

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौं संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ।

प्रशिक्षणस्थलकै अभावमा महिला हक्कीको सफलता

पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो। ४१५ रोपनी क्षेत्रफलको रंगशाला अधिकांश खेलका पूर्वाधार छन्। धेरै खेल त्यही रंगशालामा हुन्छ। तर हक्की भने त्यो परिवेशमा अभागी छ। मैदान छैन्। प्रशिक्षणस्थलको अभाव छ। राष्ट्रिय प्रतियोगिताको लागि प्रदेशस्तरीय छनोट सबै खेलका भए। हक्कीको भने सिधै प्रदेश छनोट गरियो।

खेलाडीलाई न जर्सी, न खेल्ने मैदान

आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ। ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन्।

पुरुष हक्कीः उदघाटन खेलमा आर्मीसँग गण्डकी पराजित

नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा ढिलो गरी पुरुष हक्कीको खेल शुरु भएको छ।

मैदान तयारी नहुँदा र जर्सी नपाउँदा हक्कीको उदघाटन खेल सर्यो

खेल मैदान पूर्ण रुपमा तयारी नहुँदा र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ। बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो। महिलाको पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम थियो।

नवौं राष्ट्रिय खेलकुदमा भद्रगोल, भोलि विहान खेल्ने मैदान अझै तयार छैन

बिहीबार विहानै हक्कीको उदघाटन हुदैं छ। तर खेलस्थल अझै तयारी भईसकेको छैन्। पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा पुरुष हक्की हुनेछ। पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङको खेल मैदानमा महिला हक्की शुरु गर्ने योजना नेपाल हक्की संघको छ।

विद्यालयमा हक्की प्रवद्धर्न गर्न स्टिक र बल हस्तान्तरण

नियमित प्रतियोगिता हुँदैन। मैदानको उपलब्धता पनि छैन। तरपनि कास्कीमा हक्कीप्रतिको अभिरुची भने विस्तारै बढ्दै गएको छ। नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेशले रजत पदक जितेपछि हक्कीप्रतिको चासो केही बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्