२२ असार २०८१ शनिबार
image/svg+xml

विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा बालिकाको निधन

विद्यालय जाने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकी खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छा गाराकी ३ वर्षीया प्रतिमा राईको उपचारको क्रममा ज्यान गएको हो।

अरिङ्गालले चिलेर एक जनाको मृत्यु

अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो।

उदयपुरमा अरिङ्गालले चिलेर एक युवाको मृत्यु

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ।

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ।

आउनोस्, अरिङ्गाललाई टोकौ!

बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्गालको परिकार बनाएर बिक्री गर्दै आएकी छिन्।

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए।

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ।

कटारीमा अरिङ्गाल आतंक, नियन्त्रणका लागि नगपालिकामा गुहार्दै स्थानीय

एकजनाको ज्यान लिइसकेको कालो अरिङ्गालले उदयपुरको कटारी नगरपालिकामा आतंक नै मच्चाएको छ। नगरपालिकाको लिम्पाटारस्थित चनौटे जंगलमा गोला जमाएर बसेको अरिङ्गालले गाउँलेलाई चिल्नुका साथै गाई, भैंसी, बाख्रा खसीजस्ता जनावरलाई घर गोठमै आएर दुःख दिने गरेपछि आजित भएका पीडित स्थानीयहरु गुहार माग्दै नगरपालिकामा निवेदन दिन आइपुगेका छन्।

अरिङ्गालले चिलेर भाइको मृत्यु, दिदी भाइ घाइते

अरिङ्गालको चिलेर ५ वर्षे बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का रामबहादुर थापाका ५ वर्षका छोरा समिर थापा रहेका छन्। अरिङ्गालको चिलेरबाट दुई जना दिदीभाइ घाइते भएका छन्।

अरिङ्गाल झार्न जाँदा लडेर मृत्यु

अरिङ्गालको गोला डढाउन रुखका चढेका ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुको गौतमडाँडा बस्ने ३० वर्षीय गोबिन्द लिम्बूको रुखबाट झरेर मृत्यु भएको छ ।

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।

अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

पाल्पामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। तानसेन नगरपालिका–१२, बौघापोखराथोकका २१ वर्षीय हेमु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्