१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कटारीमा अरिङ्गाल आतंक, नियन्त्रणका लागि नगपालिकामा गुहार्दै स्थानीय

कटारी (उदयपुर) - एकजनाको ज्यान लिइसकेको कालो अरिङ्गालले उदयपुरको कटारी नगरपालिकामा आतंक नै मच्चाएको छ। नगरपालिकाको लिम्पाटारस्थित चनौटे जंगलमा गोला जमाएर बसेको अरिङ्गालले गाउँलेलाई चिल्नुका साथै गाई, भैंसी, बाख्रा खसीजस्ता जनावरलाई घर गोठमै आएर दुःख दिने गरेपछि आजित भएका पीडित स्थानीयहरु गुहार माग्दै नगरपालिकामा निवेदन दिन आइपुगेका छन्।

गत ओसोज पहिलो साता एकजना स्थानीयको ज्यान लिइसकेको कालो अरिङ्गालले लगातार डेढ महिनायता गाउँमा आतंक मच्चाइरहेको वडाध्यक्ष सुनिल आलेमगरले बताए। उनका अनुसार जंगलमा घाँस काट्न गएका बेला अरिङ्गालले चिलेर गम्भीर घाइते भएका २९ वर्षीय दलबहादुर परियारको उपचारकै क्रममा गाउँमै मृत्यु भएको थियो। परियारको मृत्यु भएपछि पनि अरिङ्गाललले गाउँलेलाई दुःख दिन नछाडेको भन्दै नगरपालिकाका गुहार माग्दै स्थानीयले निवेदन दिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

अर्यालका अनुसार स्थानीय श्रीमान कार्की र अर्जुन कार्कीलगायत गाउँलेले वडाको सिफारिससहित अरिङ्गाल हटाउन माग गर्दै ३ दिनअघि निवेदन परेको छ। निवेदन आएपछि अरिङ्गाल नियन्त्रण गर्नेबारे धेरैजनासँग उपायको खोजी गरिए पनि कसरी नियन्त्रण गर्ने भन्ने जुक्ति नफुरेको अर्यालले बताए। उनले मौरीविज्ञ, चराचुरुङ्गी विज्ञहरुसँग पनि सुझाव सल्लाह मागिएको तर, अरिङ्गाल नियन्त्रणको उपाय कसैबाट नपाएकाले समस्या भइरहेको बताए ।

‘लिम्पाटारका किसानले अरिङ्गालले दुःख दिएको भन्दै एक महिनाअघि नै मौखिक गुनासो गरका हुन्, अलिहे वडाको सिफारिससहित लिखित निवेदन नै परेको छ’ अधिृकत अर्यालले भने ‘हामीले कृषि शाखामार्फत नियन्त्रणको उपायबारे छलफल ग¥यौं, तर कसैले भरपर्दो उपाय निकाल्न सकेका छैनन् ।’ उनले किसानको पटकपटकको आग्रहले त्यहाँको अरिङ्गाल नगरपालिकाकै टाउको दुखाईको विषय भइसकेको बताए ।

वडाध्यक्ष मगरले अरिङ्गालकै डरले पाकिसकेको धान खेतबाट झिक्न नपाएको बताए। ‘जंगलछेउमै खेत छ, धान पाकिसक्यो तर, अरिङ्गालले चिल्ने डरले किसान धान काट्न जान सकेका छैनन्’ वडाध्यक्ष आलेले भने ‘जतिसक्दो छिटो अरिङ्गाल हटाइदिनुस् भनेर किसान कराईरहेका छन् ।’ खेतधनी श्रीमान् कार्कीले अरिङ्गालकै त्रासले गाउँ छोड्नुपर्ने अवस्था आउन लागेको दुखेसो गरे। ‘धान पाकेर बाला झर्न थालिसक्यो, काट्न जाँउ त अरिङ्गालले घेरिहाल्छ’ कार्कीले गुनासो गरे ‘खेत त के घरघर आएर अरिङ्गालले चिल्ने गरेको छ, मान्छे, बस्तुभाउ सबै त्रसित भएर बस्नुपरको छ ।’

 

 

प्रकाशित: २६ कार्तिक २०७६ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App