७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेल नागरिकता विधेयकबारे छलफल गर्दै

पूर्वराष्ट्रपतिका पालामा दुवै संसदबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर आज राष्ट्रपति रामचन्द्र पौडेल कानुनविदहरुसंग छलफल गर्दैछन् ।

प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ।

प्रकृतिमा आधारित समाधान

जलवायु परिवर्तन आधुनिक विश्वको सबै भन्दा ठूलो चुनौती बनेको छ। मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको यो विषयलाई लिएर विश्वमा पछिल्ला वर्षहरूमा गहन बहस सुरु भएको छ।

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

प्रधानमन्त्री दाहालको पुत्ला दहन

महागढीमाई नगरपालिकाको बरियारपुरमा शुक्रबार प्रधानमन्त्रीको प्रचण्डको पुत्ला दहन गरिएको छ।

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोग पूर्वआयुक्त राजनारायण पाठक र घुस दिने लम्बोदरकुमार न्यौपानेको मुद्दामा प्रमाण नपुगेको भन्दै विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा गएको छ।

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान होः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन्।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैले उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपी जोगाउन लबिङ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ।

असल छिमेकीपनको आग्रह

मुलुकमा अहिले अस्थिर राजनीति निम्तनुमा भारतकै प्रत्यक्ष वा परोक्ष संलग्नता छ भनिन्छ। किनभने भारत कहिले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहँदैन र नेपालका नेताहरू उसको गोटी बनेर काम गरिरहेका छन्।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सरकारमा थपिए कांग्रेसका तीन नेता

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेका बेला बुधबार कांग्रेसका तीन नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो।

भुटानी शरणार्थी प्रकरण: ‘हाई प्रोफाइल’ तर्फ सोझिँदै प्रहरी अनुसन्धान

अमेरिका पठाउने भन्दै नक्कली भुटानी शरणार्थी खडा गरेर ठगी गरिरहेको गिरोहमाथिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र विशिष्ट श्रेणीका कर्मचारीतर्फ पनि सोझिएको छ।

कानुनी राज र स्वतन्त्र न्यायपालिका

एक वर्ष भन्दा लामो समयदेखि मुलुक प्रधानन्यायाधीशबिहीन हुनु लोकतन्त्रका लागि लज्जास्पद कुरा हुनुपर्ने हो तर यो आपत्तिजनक अवस्थाप्रति लोकतान्त्रिक सत्ता र पार्टीका सञ्चालकको मन पोलेको नदेखिनु झन् आश्चर्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्