२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्कुल बस दुर्घटनामा एकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नम्बर–५ स्थित पानीधारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नम्बरको ट्रकले सोहीतर्फ हिडिरहेकाे बा१ख ५५५० नम्बरको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार इच्छाकामना गाउँपालिका वडा नम्बर– ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएकाे थियाे ।

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

निसासिएर दुई बालिकाको मृत्यु

इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ। जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पुर्याएका थिए ।

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।  गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो।

पहिरोमा परी १३ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्रमा पर्ने मोन्टेसिटोमा आएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा भाइरलको प्रकोप बढ्दै, थप दुईको मृत्यु

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जुनीचाँदेको वडा नम्बर १, २ र ३ लगायत अन्य वडामा फैलिएको भाइरलको प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

चिसोका कारण सिरहामा थप दुईको मृत्यु

पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ। अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो।

जाजरकोटमा  भाइरल प्रकोप: थप दुईको मृत्यु, सात सयको उपचार, दुईहजार बढी विरामी

झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । भाइरल प्रभावित क्षेत्रमा  सक्रिय चिकित्सक डा. पवन शाक्यका अनुसार मंगलवार विहान  जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४वर्षिय लालवहादुर भन्डारीको   ज्वरो र पखालाको कारण ज्यान गएको छ भने  सोमवार  जुनीचाँदे गाउँपालिका २ मौगानका १ महिनाका  शिषुको  भाइरलको कारण ज्यान गएको  छ ।

दुर्घटनामा दुईको मृत्यु

नवलपरासी ९ बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका– ११ जमुवाडमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

अचानक मृत्युको चिठी पाउँदा झन् पीडा

खिमुमाया पाठक पतिको अवस्था र सत्यतथ्य थाहा पाउन विगत १८ वर्षदेखि प्रतीक्षामा छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षले उनका पति ढाकाराम पाठकलाई बेपत्ता पारेको थियो। बेपत्ता पारिएका पतिको लास वा सास नपाउँदा काजकिरियासमेत नगरेकी खिमुमायालाई बेपत्ता छानबिन आयोगले हालै पठाएको चिठीले थप पीडा दिएको छ।

छाउपडी गोठमा सुतेकी एक महिलाको मृत्यु

अछाममा महिनावारी भएको बेला छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन  । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति घरबाट टाढा छाउपडी गोठमा सुतेकी  वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

भारतको दक्षिण राज्यमा आगलागी, पाँचको मृत्यु

भारतको दक्षिण राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच जना व्यक्तिको ज्यान गएको छ ।

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्