मस्को आतंकवादी हमलाः आज देशभर शोक मनाउन आदेश
रुसको राजधानी मस्कोमा भएको आतकंवादी हमला परी ज्यान गुमाएकाहरुप्रति आज देशव्यापी शोक मनाउने भएको छ।
रुसको राजधानी मस्कोमा भएको आतकंवादी हमला परी ज्यान गुमाएकाहरुप्रति आज देशव्यापी शोक मनाउने भएको छ।
नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।
युद्धमोर्चामा नेपालीलगायत विदेशीलाई अगाडि लगाएर रुसीहरू पछिपछि बस्छन्। अगाडि जान नमान्नेलाई रुसी कमान्डरले गोली हानेर मार्छन्। दाङका एक र पूर्वतिरका दुई/तीनजनालाई उनीहरूले गोली हानेर मारे।
यहाँ व्यापार गर्दा पनि ऋणमै चलेका थिए घनसिङ। रुसमा जाँदा लागेको रकम जति सबै ऋणकै थियो। तर कमाउने भनेर गएका घनसिङ रुसमै ढलेपछि उनको परिवारको भरोसा समेत ढलेको छ।
साढे चार महिना रुसी सेनामा गएर युक्रेन विरुद्ध लडेका ३५ वर्षीय गणेश तेस्रो प्रयासमा मात्र त्यहाँबाट भाग्न सफल भएका छन्। उनी घर फर्कने सफल भाग्यमानीमा परेका छन्। गणेशले साढे ४ महिना डोनेत्सकमा युक्रेनविरुद्ध लडाइँ लडेका थिए।
युक्रेनसँग लड्न रूसले दुई हजार हाराहारी नेपालीलाई सेनामा भर्ना गरेको पाइएको छ।
दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन सिकले उत्तर कोरियाले करिब सात हजार कन्टेनर हतियार रूस पठाएको दावी गरेका छन्।
तीन दिनसम्म भएको राष्ट्रपति निर्वाचनमा पुटिनले झन्डै ८८ प्रतिशत मत हासिल गरेर जित हात पारेका छन्।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा थप सात जना नेपाली मारिएकाे पुष्टि गरेको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै सात जना नेपाली मारिएको पुष्टि गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले युद्धरत देश रुस र युक्रेनमा लडिरहेका नेपालीलाई उद्धार नगरिएको भन्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको आलोचना गरेका छन्।
अमेरिकाप्रति युरोपको निर्भरता न्यून गर्ने युरोपेली चाहना अझ लामो समय सफलीभूत हुने छैन। युरोपको भाग्य फेरि पनि वासिङ्टनकै हातमा रहनेछ।
रुसी सेनामा भर्ती भएका ४५ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। मस्कोस्थित नेपाली राजदूतावासको सम्पर्कमा आउने नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काएको हो।
रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ।
परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्ने/मारिने नेपाली नागरिकको क्षतिपूर्ति क्षतिपूर्तिदाताबाट त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत बुझेर नेपाल भित्र्याउने गरेको छ।
उद्यमशीलताले उत्पादकत्व बढाउन, रोजगारी सिर्जना गर्न, नयाँ अवसरको सिर्जना गर्न, जोखिम बहन गर्ने क्षमता बढाउन, सिर्जनशीलता तथा नवप्रवर्तनमा लाग्न अभिप्रेरित गर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर मिर्जाले काम गर्दै आएका छन्।