२० आश्विन २०८१ आइतबार
image/svg+xml

युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने 'भयानक रकेट आक्रमण' को निन्दा गरेका छन्।

किभमा डरलाग्दो मिसाइल हमलाः युक्रेनी विदेशमन्त्री कुलेबा

युक्रेनको राजधानी वरपर विशाल बिस्फोट भएका समाचार विवरणहरू सार्वजनिक भएका छन्। सहरमा रुसी ट्यांकलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ।

युक्रेनमाथि रुसी आक्रमणले विश्वव्यापी असर

विश्वव्यापी विरोध र प्रतिबन्धको अवज्ञा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैनिक अपरेसनको घोषणा गरेका छन्। उनले कुनै विदेशी शक्ति राष्ट्रले हस्तक्षेप गरेमा रुससँग भएका आणविक हतियारको समेत प्रयोग गर्ने संकेत गरेका छन्। त्यसो गरिएमा कसैले कल्पना नगरेको परिणाम निम्तिने चेतावनी उनले दिएका छन्।

रुस र युक्रेन युद्धकाे प्रभाव: सुनको मूल्य एक लाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।

रुसले युक्रेनका यी क्षेत्रलाई बनाउँदै छ निशानाः बृहत हमला हुने संकेत

रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ।रुसी आक्रमण ठूलो हुने प्रारम्भिकदृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जनाइएको छ।

युक्रेनमा नागरिक उडानमा प्रतिबन्धः राजधानी किभमै बिस्फोटका आवाज

किभ–युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ। ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ।

अमेरिकाद्वारा रुसमाथि प्रतिबन्धको घोषणा

विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ।

युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै अमेरिकाद्वारा व्यापक विरोध

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उनीहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ।

रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन: युक्रेन राष्ट्रपति

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन्।

मस्को ब्लिन्केनसँग युक्रेन वार्ताका लागि अझै तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले मंगलबार बताएको छ।

विनाहमला जितिएको युद्ध

युक्रेन सङ्कटको परिस्थितिमा सिर्जना गरिएको अतिरञ्जना निकै गैरजिम्मेवारपूर्ण छ। यसले रुसको बदनाम गर्न अमेरिका र पश्चिमा सञ्चारमाध्यम बारम्बार अज्ञात स्रोतको हवाला दिएर कहाँसम्म जान सक्दा रहेछन् भन्ने देखाएको छ।

यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको अमेरिकी राष्ट्रपतिको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन्।

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ।

युक्रेनको अवस्थाबारे छलफल, मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा

युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्