२ पुस २०८२ बुधबार
image/svg+xml

राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्प भएको बताएका छन्।

‘कोडफेस्ट २०२५’ को ग्रान्ड फिनाले काठमाडौंमा

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील संस्था ‘कोड फर चेन्ज’ को आयोजनामा सञ्चालित ‘कोडफेस्ट २०२५’ को अन्तिम चरण अर्थात् ग्रान्ड फिनाले काठमाडौंमा आयोजना हुने भएको छ।

अल्पआयुमै हुने मृत्यु रोक्न विश्वव्यापी संकल्प: यस्तो छ राष्ट्रसंघको नयाँ स्वास्थ्य रणनीति

विश्वभरि नै जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखा परेका नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको नियन्त्रणका लागि पहिलो पटक विश्वव्यापी रूपमै उच्चस्तरीय राजनीतिक प्रतिबद्धता घोषणा गरिएको छ।

ओली–लेखकलाई बयान लिने, आयोगको म्याद थप गर्दै

छानवीन आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने भएको छ ।

अदालतको आदेश कार्यान्वयन गराउन आमरण अनसन

सहकारीको रकम अपचलन मुद्दामा अदालतको आदेशपछि पनि न्याय नमिलेपछि दवाव स्वरुप नेपालगन्जमा आमरण अनसन थालिएको छ ।

पुसमा कांग्रेस महाधिवेशन नहुने !

तल्लो तहमा केन्द्रबाट पठाइएको ६ लाख क्रियाशील सदस्यता फाराममध्ये चार लाखमा सिरियल नम्बर नभएका कारण फेरि पठाउनुपर्दा तोकिएको मितिमा महाधिवेशन नहुने र कम्तीमा एक महिना पर सर्ने निकट स्रोतको दाबी छ।

निर्वाचन नभए मुलुक संवैधानिक संकटमा फस्छ: शर्मा

राजनीतिक विश्लेषक हरि शर्माले मुलुकको विद्यमान संकट समाधानका लागि निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन्।

चितुवाको आक्रमणबाट एकको मृत्यु

चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको मृत्यु भएको हो ।

जनताले विकल्प खोजे: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन्जी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन् ।

कार्की जाँचबुझ आयोग: एक महिना थप समय माग, अर्को साता ओली–लेखक बयान

बिदा र समयमा प्रहरीले सहयोग नगरेकाले आयोगले निर्धारित समयमै काम पूरा गर्न नसकेको उनले दाबी गरे। उनले भने, ‘दुई हप्ता बिदा नै भयो। प्रहरीले एक महिनासम्म लिस्ट पठाएन। त्यस कारण काम गर्न ढिला भयो।’

काठमाडौं महानगरमा चार अर्ब राजस्व संकलन

काठमाडौं महानगरपालिकाले चालु आवको पाँच महिनामा राजस्वबापत करिब चार अर्ब रुपैयाँ संकलन गरेको छ ।

दलहरू चुनाव जित्ने ‘मेसिन’ मात्र भए, सामाजिक एजेन्डा भुले: विश्लेषक शर्मा

राजनीतिक विश्लेषक हरि शर्माले नेपालका राजनीतिक दलहरू चुनाव जित्ने यान्त्रिक विधिमा मात्र सीमित भएको र सामाजिक रूपान्तरणको मूल एजेन्डामा चुकेको टिप्पणी गरेका छन्।

तीन दिने फर्निचर मेला पुस ४ देखि भृकुटीमण्डपमा

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

काठमाडौं र चितवनमा प्रोटोन ईमासको साटासाट अफर

जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्रमा एनसेलको सेवा विस्तार

पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुहरुले अब मोबाइलमा नेटवर्क नआउने समस्या झेल्न नपर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्