८ मंसिर २०८१ शनिबार
image/svg+xml

डडेल्धुरामा लडेर एक किशोरको मृत्यु

जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा लडेर मृत्यु भएको छ।

डडेल्धुरामा जीप दुर्घटना, ३ जनाको मृत्यु

के आई सिंह राजमार्गमा पर्ने डडेल्धुराको गजरौलामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ मा पर्ने गजरौलामा से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

डडेल्धुरामा खानेपानीको हाहाकार

लामो समयदेखि पानी नपर्दा परेको खडेरीका कारण गर्मी बढेसँगै खानेपानीका मुहान सुक्न थालेका छन्। पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ। सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ।

डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते

बिहीबार वेलुका हावाहुरीसँगै परेको चट्याङ लगोर डडेल्धुराको जोगबुढामा १३ जना घाइते भएका छन्। भित्रि मधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालीका–६ छेलामा मात्रै १० जना र सोही नगरपालिका वडा नं.–७ सादनीमा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी

देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ।

डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भागेश्वरबाट सदरमुकामतर्फ आइरहेको उग्रतारा यातायातको से१ज ८३३ नम्बरको जीप अमरगढी नगरपालिका–३ ठुलोखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। करिब पौने १२ बजे जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डडेल्धुरामा खानेपानीको सङ्कट

लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्