२० आश्विन २०८१ आइतबार
image/svg+xml

बैतडीका तीन वडामा उपनिर्वाचन सम्पन्न

बैतडीका तीन वडामा वडाध्यक्ष पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पुर्चौडी नगरपालिका–४, दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

बैतडीमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कांग्रेस बैतडीले उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको हो। सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा उम्मेदवारको टुंगो लगाएको कांग्रेस बैतडीले जनाएको छ।

कर्मचारी समायोजन भएपनि बैतडीका ७२ वडा सचिवविहीन

स्थानीय तहमा जनप्रतिनिधि आएको दुई वर्षभन्दा बढी समय भए पनि बैतडीका ८४ वडामध्ये ७२ वडामा सचिव छैनन्। सचिव नहुँदा स्थानीय तहबाट प्रवाह हुने सेवा सर्वसाधारणले सहज रुपमा पाउन सकेका छैनन्। जिल्लाका १० स्थानीय तहका अधिकांश वडा सचिव विहिन छन्।

सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदको हेलिकप्टरमा उद्धार गरिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो।

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो।

बैतडीमा डोजर आक्रमणमा ८ घाइते, चालक पक्राउ

सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

टहरोमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु

पातलो अग्लो शरीर गाउँगाउँ डुलेर माग्दै, मजदुरी गरेर गुजारा गर्ने पुर्चौडी नगरपालिका–५, सलकाटैका ४५ वर्षीय करे लुहार उनकी श्रीमती ४० वर्षीया बिन्नरा र ८ वर्षीय छोरा मजोज बुधबार बेलुका खाना खाएर सुते। पुर्चौडी नगरपालिका–७, गिरिजाबगर छेउको टहरोमा आगलागी हुँदा तीनै जना सदाको लागि कहिलै नउठने गरेर सुते।

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३ घाइते

बैतडीकाे देहिमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगरपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए।

बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो। बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

चितुवाको बच्चा फेला

दशरथचन्द नगरपालिका–५ बस्कोटमा चितुवाको बच्चा फेला परेको छ। बिहीबार बिहान बाख्रा गोठमा आएको चितुवाको बच्चालाई  स्थानीय प्रताप टमाटाले जिउँदै समातेर वन डिभिजन कार्यालय बैतडीलाई बुझाएका हुन्।

मुक्त हलियाको सूचीमा नपरेकाहरू भन्छन्, ‘हलियाका नाममा बलियाले फाइदा लिए’

बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीका काशीराम वडले मुक्त हलियाको तथ्यांकमा समावेश गराउन सरोकारवाला निकाय पटकपटक गुहारे। लिखित तथा मौखिक निवेदन दिए पनि सूचीमा उनी परेनन्। उनी मात्र होइन जिल्लाका करिब पाँच हजार मुक्त हलिया प्रमाणीकरणमा परेका छैनन्।

मह बेचेर लखपति

बैतडीका एक युवा मह बेचेर लखपति बनेका छन्। दशरथचन्द नगरपालिका–५, पोटाका ३३ वर्षीय सुदर्शन लेखकले मौरीपालन व्यवसायबाट वार्षीक १० लाख आम्दानी गरेका हुन्। २०५८ सालमा एकघारबाट मौरी पाल्न सुरु गरेका लेखक दुई वर्षयता व्यावसायिक मौरीपालनमा लागेका छन्।

६ वर्षमा २३ जना मारिए

सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो। चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले। त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्