स्पेनी एकताको पक्षमा बार्सिलोनामा विशाल प्रदर्शन
क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्यालीमा हजारौंले सहभागिता जनाएका छन्।
क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्यालीमा हजारौंले सहभागिता जनाएका छन्।
स्ट्राइकर लियोनल मेसी र पाउलिन्होको गोलमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई पराजित गर्दै जारी सिजन स्पेनिस ला लिगामा अपराजित यात्रा १०औं खेलसम्म निरन्तरता दिएको छ। ३६औं मिनेटमा मेसीले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । मेसीले जोर्डी अल्बाको पासलाई पोस्टको दिशा दिएका थिए । अतिरिक्त समयको दोस्रो मिनेटमा पाउलिन्होले गोल गर्दैै बार्सिलोनाको जित पक्का गरेका थिए । लुइस स्वारेजको प्रहार विपक्षी गोलकिपर केपा अजिराबंगालाले रोक्दा प्राप्त बललाई पाउलिन्होले जाली चुमाएका थिए । ‘बिलबाओले दोस्रो हाफमा बलियो चुनौती पेस गर्यो, जसले गर्दा केही कठिन भयो,‘आफ्नो पूर्व क्लबविरुद्ध हात पारेको जितपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘पछिल्लो तीन महिनामा हामीले देशको राजनीतिक अवस्थाका कारण आफूमा धेरै परिवर्तन पायौं । जसले सबैमा अन्योल सृजना गरेको थियो । तर आज हामीले आफ्नो स्वाभाविक खेलमा मात्र ध्यान दियाैँ । आशा छ यो लयले आगामी दिनमा पनि निरन्तरता पाउने छ।’
स्पेनिस लिगमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम गर्दै एट्लेटिको विल्वाओलाई पराजित गरेको छ। गएराति उसैको मैदानमा भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई २–० ले पराजित गरेको हो।
बार्सिलोनाले मंगलबार तेस्रो श्रेणीको क्लब रियाल मुर्सियालाई पहिलो लेगमा ३–० ले पराजित गर्दै कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ। मुर्सियाविरुद्धको खेलमा बार्सिलोनाले लियोनल मेसी, लुइस स्वारेज र आन्द्रेज इनियस्टाजस्ता स्टार खेलाडीलाई आराम दिएको थियो।
क्याटालोनियामा चलिरहेको राजनीतिक विवादलाई बेवास्था गरी बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्ष स्थानमाथिको पकड बलियो बनाउँदै शनिबार क्याम्प नोउमा मालागामाथि २–० को जित हासिल गरेको छ ।
स्टाइकर लुइस स्वारेजले गरेको गोलमा शनिबार बार्सिलोना एट्लेटिको मड्रिडसँग हारको संघारबाट जोगिएको छ। स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलको २१औं मिनेटमा साउल निग्युजले गरेको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । तर खेल सकिन ८ मिनेट बाँकी छँदा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएपछि एट्लेटिको अंक बाँड्न बाध्य भएको थियो।
बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टमेयुले आफ्नो क्लबले स्पेनिस ला लिगा छाड्न सक्ने संकेत गरेका छन्। हालेै स्पेनबाट स्वतन्त्रता प्राप्तिका लागि क्याटालोनियामा भएको जनमतसंग्रहले वैधानिकता पाएमा आफूहरूसँग ला लिगा छाड्ने विकल्प नहुने बार्टमेयुले बताए।
अगस्टमा निराशाजनक प्रदर्शनबाट पुनरागमन गर्दै बार्सिलोनाले शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा कब्जा जमाएको छ ।
बार्सिलोनाले घरेलु स्पेनिस ला लिगामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा शनिबार आल्भेसलाई २–० को नतिजामा निराश पारेको छ। अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले पहिलो हाफमा प्राप्त पेनाल्टी खेर फाले पनि दोस्रो हाफमा दुई गोल गरेपछि बार्सिलोनाको जित सम्भव भएको थियो।
ब्राजिली स्ट्राइकर नेइमारले बार्सिलोनासँग बोनसस्वरूप १ करोड डलर लिए पनि पछि सम्झौताविपरीत विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग सरुवा सम्झौता गरेकोमा स्पेनिस टोलीले उनीमाथि मुद्दा चलाउने भएको छ।
स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए।
स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन्।
स्पेनको बार्सिलोनामा आतंककारी आक्रमण हुँदा १३ जनाको मृत्यु भएको छ। आतंककारीले सडकमा भ्यान आक्रमण गरेका थिए। लगत्तै आतंककारीको अर्को प्रयास भने प्रहरीले विफल पारेको छ। प्रहरीले क्याम्ब्रिस शहरमा ५ आक्रमणकारीलाई गोली हानी मारेका छन्।
नेइमारलाई पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवाको बाटो खोल्नु परेपछि धरमराएको बार्सिलोना अझै राम्ररी सम्हालिन भ्याइसकेको छैन । मनोबल उच्च पार्न सुखद नतिजा आवश्यक रहेका बेला नेइमारको अनुपस्थितिमा बार्सिलोनाको नयाँ सिजन सुरुआत निराशाजनक रह्यो । जहाँ चिर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग बढ्दो दूरी टोलीका लागि थप चिन्ताको विषय बनेको छ ।
नेइमारबिनाको यात्रालाई सहज बनाउने क्रममा बार्सिलोनाले सोमबार राति ब्राजिलियन क्लब सापाकोइन्जेमाथि ५–० को नतिजा निकालेको छ । गत वर्ष विमान दुर्घटनामा १९ खेलाडीसहित २४ क्लब अधिकारी गुमाएको सापाकोइन्जे अझै पीडाबाट मुक्त भइसकेको छैन।