२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तिम १६ का लागि बार्सिलोनाको सम्भावना बलियो

मड्रिड – बार्सिलोनाले मंगलबार तेस्रो श्रेणीको क्लब रियाल मुर्सियालाई पहिलो लेगमा ३–० ले पराजित गर्दै  कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ।

मुर्सियाविरुद्धको खेलमा बार्सिलोनाले लियोनल मेसी, लुइस स्वारेज र आन्द्रेज इनियस्टाजस्ता स्टार खेलाडीलाई आराम दिएको थियो।

४४औं मिनेटमा फ्रान्सिस्को अलकासरले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ५२औं मिनेटमा जेरार्ड डिलोउफले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । त्यसको चार मिनेटपछि जोस अर्नाजले गोल गर्दैै बार्सिलोनाको जित पक्का गरेका थिए।

‘हामीले आज प्रमुख खेलाडीलाई आराम दिदै ‘बी’ टोलीलाई प्राथमिकता दिएका थियाैँ । कम अनुभव भए तापनि उनीहरूले क्लबले देखाएको विश्वासलाई खेर  जान दिएनन् । त्यसैले म धेरै खुसी छु,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने।
भ्यालेन्सियाले पहिलो लेगमा जारागोजामाथि २–० को जित हात पार्दै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना  बलियो पारेको छ।

गोलरहित बराबरीतर्फ उन्मुख खेलको ८१औं  मिनेटमा रोड्रिगोले गरेको गोलमा भ्यालेन्सियाले अग्रता लिएको थियो । अन्तिम मिनेटमा ड्यानी पारेजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको जित पक्का गरेका थिए।

यता सेभियाले कार्टेगालाई ३–० ले पराजित गर्दै अघिल्लो चरणको सम्भावना जीवित राखेको छ । सेभियाको जितमा पाउलो साराबिया, जाओक्वयन कोरिया र लुइस मुरेलले समान एक÷एक गोल गरेका थिए।

त्यस्तै रियल बेटिस ,आल्भेज र नुमान्सियाले पनि आआफ्नो खेल जित्दै अघिल्लो चरण प्रवेश सम्भावना बलियो बनाएका छन् । बेटिसले काडिचलाई २–१, आल्भेजले गेटाफेलाई १–० र नुमान्सियाले मालागालाई २–१ ले पराजित गरेका हुन्।

प्रकाशित: ९ कार्तिक २०७४ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App