८ वैशाख २०८१ शनिबार

उदयपुरमा डेंगुबाट सुत्केरी महिलाको मृत्यु

पछिल्लो समय प्रकोपको रुप लिँदै गएको डेंगुबाट उदयपुरमा एक सुत्केरी महिलाको ज्यान गएको छ । केही दिनयता उच्च ज्वरोले थलिएकी जिल्लाको रौतामाई गाउँपालिका ७ की २४ वर्षीया सुमित्रा मगरको डेंगुकै कारण ज्यान गएको स्थानीयले जनाएका छन्।

धरानमा डेंगुले ९ बर्षीय बालकको निधन, मृत्यु हुनेको संख्या ११ पुग्यो

डेंगु संक्रमणबाट धरानमा ९ बर्षीय बालकको पनि मृत्यु भएको छ। योसँगै जेठ २३ यता डेंगु संक्रमणबाट धरानमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

बागमतीमा बढ्दै डेंगु सङ्क्रमण

बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको सङ्क्रमण पुष्टि भएकोमा आइतबार १२७ जना सङ्क्रमित भएका थिए ।

डेंगुबाट हेटौँडामा एक जनाको मृत्यु

डेंगु रोगको सङ्क्रमणबाट हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो।तीनदिन अघि हेटौँडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

धरानका ल्याबहरू साउन ३२ सम्म दर्ता र नवीकरण गर्ने सहमति

धरानमा सञ्चालनमा रहेका ल्याबहरूले साउन मसान्तसम्म दर्ता र नवीकरण गर्नुपर्ने भएको छ।अनुगमनको क्रममा दर्ता पोलिक्लिनक तथा ल्याबहरू नवीकरण र दर्ता विना सञ्चालनमा रहेको खुलेको थियो।

सुनसरी उद्योग वाणिज्य संघमा पनि निःशुल्क डेंगु उपचार शुरु

अस्पताल तथा निजी क्लिनिकहरूमा डेंगुका बिरामीहरूको चाप थेग्न गाह्रो भएपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ।

सात हजार बढीमा डेंगु संक्रमण, ७ जनाको मृत्यु

नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

धरानमा डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार विराट नर्सिङ होममा ३५ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो।

विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार

विराटनगरको कोशी अस्पताल, प्रदेशशिक अस्पताल, रानी अस्पताल र बैजनाथपुर अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको विराटनगर महानगरपालिकाले जनाएको छ।

धरानमा डेंगुका बिरामीहरूलाई निःशुल्क उपचार

डेंगु महामारी आक्रान्त धरानमा बिरामीहरूको लागि उपमहानगरपालिकाले निःशुल्क उपचार केन्द्र सुरु गरेको छ।

डेंगु नियन्त्रणमा सहयोग गर्न स्वास्थ्यकर्मीलाई मेयर साम्पाङको आग्रह

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आग्रह गरेका छन्।

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।

धरानमा डेंगु नियन्त्रण बाहिर, ८ जनाको मृत्यु

करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोप धरानमा अझै नियन्त्रणमा आउन सकेको छैन। गएको जेठ तेस्रो साता यता डेंगु संक्रमित ८ जनाको मृत्यु भइसकेको छ।

म्याग्दीमा ‘सर्च एन्ड डिस्ट्रोय’ ले घटे डेंगुका बिरामी

दुई वर्षअगाडिसम्म म्याग्दीमा सरुवा रोग डेंगु संक्रमणको ग्राफ भयावह थियो। डेंगुका शंकास्पद बिरामीको बेनी अस्पतालको बहिरंग कक्ष (ओपीडी), इमरजेन्सीका साथै ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा लाइन हुन्थ्यो।

धरानमा बल्ल सुरु भयो सर्च एण्ड डिष्ट्रोय अभियान

दुई महिनादेखि धरानमा डेंगुको प्रकोप फैलिएपनि नियन्त्रणमा ध्यान नदिएको स्थानीय सरकारले नगरबासीको ज्यान गुम्न थालेपछि मात्र सर्च एण्ड डिष्ट्रोय अभियान शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्