८ वैशाख २०८१ शनिबार

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन्।

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन्।

होली पर्वलाई ध्यानमा राखी काठमाडौँमा ३ हजार सुरक्षाकर्मी खटाइयो

होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो।

होलीका दिन काठमाडौंमा ३ हजार सुरक्षाकर्मी खटिने

जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व ९होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ ।

विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ

यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ।

प्रसूति गृहबाट हराएकी शिशु काँडाघारीमा भेटिइन्

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेकी छन्।

लजभित्र गोप्य भिडियो रेकर्ड गर्ने लजकै म्यानेजर पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गेष्ट हाउसमा बस्ने विभिन्न व्यक्तिको अश्लिल भिडियो रेकर्ड गरेकाले मालीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ व्यक्तिले रेकर्ड गरेको भिडियोसहित आइफोन १२ प्रो म्याक्स मोबाइल समेत बरामद गरेको छ।

सन्दीप प्रकरण: प्रहरीले घटनाको प्रमाण संकलन र बयान लिने काम सुरू गर्‍याे

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी अनुसार अनुसन्धान सुरु भइसकेको र अनुसन्धान निष्पक्षरुपमा हुने बताएका हुन्।

कमेडियन क्षितिजमाथि १० दिन म्याद थप गरी अनुसन्धान गर्दै प्रहरी

कमेडी भिडियोमार्फत नेवार समुदायको भावनामा चोट पुर्‍याएको आरोपमा पक्राउ परेका स्टान्डअप कमेडियन अपूर्वक्षितिज सिंहको मुद्दामा काठमाडौं प्रहरीले अनुसन्धानम्याद १० दिन बढाएको छ।

राहदानी विभाग अगाडि एक विद्यार्थी मृत भेटिए

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्