५ कार्तिक २०८३ बिहीबार
image/svg+xml

एनपिएललाई ‘लिस्ट ए टी–२०’ मान्यता

एनपिएलको तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन्।

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन्।

यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

नेपालले बङ्गलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ।

आगामी मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्छ : मौसमविद्

मौसमविद् विनोद पराजुलीले आगामी साता बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर १ को खरिद मूल्य १५० रूपैयाँ ८४ पैसा र बिक्री मूल्य १५१ रूपैयाँ ४४ पैसा निर्धारण भएको छ।

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा बुधबार साँझ सम्पन्न भएको छ।

मोदी सरकारका मन्त्री पुरीका एपस्टाइनसँगका तस्बिर सार्वजनिक भएपछि विपक्षीको प्रश्न

यसअघि पुरीले राहुल गान्धीले लगाएका आरोप अस्वीकार गर्दै एपस्टाइनलाई सन् २००९ देखि २०१७ सम्म नौ वर्षको अवधिमा तीन वा चार पटक भेटेको बताएका थिए।

गाडी चलाउँदा महिलाले अ`श्लील भिडियो हेरेको आरोप, एकको मृ`त्युपछि मुद्दा दायर

दुर्घटनामा सेतो कारको पछाडिको सिटमा सवार ६६ वर्षीय स्कट लावर लिचफिल्डको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई हेलिकप्टरबाट अस्पताल लगिए पनि पछि मृत्यु भएको थियो।

दशैंको टीका : कतै रौनक, कतै सुनसान

आज दशैंको टीका। कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन्। कतै आफन्तको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन भ्याइनभ्याइ छ। तर, कतिपयका आशीर्वाद दिने आफन्तलाई नै बाढीले बगाएको छ।

जन्तरमन्तर प्रकरण : सौरभ र आशुतोष छुटे, नेहाको सुनुवाइ कहिले ?

बुधबार हिरासत अवधि सकिएपछि दुवैलाई विशेष कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराइएको थियो। अदालतले उनीहरूलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।

विजया दशमीको दिन आज: टीका–जमराको उल्लासबीच बाढीपीडाको सम्झना, कसरी बित्यो आजको दिन ?

रातो टीका र पहेँलो जमरा सजिएका निधार, परिवारका सदस्यसँगका सामूहिक तस्बिर र आशीर्वाद लिँदै गरेका दृश्यले सामाजिक सञ्जाल भरिए।

राष्ट्रसंघीय शान्ति मिसन : कंगोमा खटिएका लेफ्टिनेन्ट कर्णेल थापाको चर्चा किन ?

थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डालाई सैन्य अभियानकै अभिन्न अंगका रूपमा अघि बढाएका थिए। महिला सैनिकलाई परम्परागत रूपमा पुरुषको भूमिका बढी रहने जिम्मेवारीमा समेत सहभागी गराइएको थियो।

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।

६ वर्षपछि राजपरिवारसँग सम्बन्ध सुधार्न चाहेका ह्यारी के भन्छन् ?

उनले संसारमा भइरहेका घटनाका बिच परिवारसँग मेलमिलाप गर्नु महत्त्वपूर्ण रहेको बताए। विगतका घटनाले मनमा चोट पुर्‍याए पनि तिनलाई बिर्सेर अघि बढ्न सबैले प्रयास गर्नुपर्ने उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्