४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सहमति पछि मुकुम्लुङ संघर्ष समितिको सवारी बन्दसहितका कार्यक्रम स्थगन

यसअघि पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव राखिएको नाम अब ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवमा रुपान्तरण भएको छ। अबका सबै प्रचार सामग्री र आधिकारिक दस्तावेजमा ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव लेख्ने सहमति भएपछि मुकुम्लुङ संघर्ष समितिले आह्वान गरेको सवारी बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको हो।

पाथीभरा म्याराथन तथा चाडपर्वमा कुनै किसिमको अवरोध नगर्न ताप्लेजुङ जिल्ला सुरक्षा समितिको आग्रह

परापूर्वकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा जातीय सहिष्णुता दिगो बनाउने उद्देश्यसहित विगतदेखि हुँदै आएको महोत्सवलाई यसपटक पनि निरन्तरता दिएको भन्दै जिल्ला सुरक्षा समितिले यो समयमा कुनै किसिमको अवरोध नगर्न तथा सक्रियतापूर्वक सहभागीता जनाउन आग्रह गरेको छ।

ताप्लेजुङमा यसवर्षको मेयरकप आउँदो असोज ८ गतेबाट सुरु हुने

प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरीका पालिकाहरुले सहभागिता जनाउन पाउने छन्। प्रतियोगितामा सहभागी हुने पालिकाहरुले पालिकाको आधिकारिक पत्रमा खेलाडीको नाम तथा आवश्यक कागजातहरु प्रमाणित गरी असोज २ गतेभित्र फुङलिङ नगर कार्यपालिकामा पठाइसक्नुपर्ने हुन्छ।

पाथीभरा म्याराथनका बिजेताले साढे एकलाख पुरस्कार पाउने

एकलाख जनाले अवलोकन तथा सहभागिता जनाउने लक्ष्यसहित आउँदो असोज ११ गतेदेखि ताप्लेजुङमा हुने पाथीभरा म्याराथनका बिजेताले पाउने पुरस्कार रकम सार्वजनिक भएको छ।

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका लागि बन्यो ५०१ सदस्यीय मूल आयोजक समिति

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्वमा गठित मूल आयोजक समितिले कार्यक्रम चुस्त बनाउने कुराको संयोजक गर्न ४६ सदस्यीय सचिवालय गठन गरेको छ।

पाथीभरा म्याराथन तथा महोत्सव हुने

‘मिति चाँहि तोकिएको छ, अरु सबै विषय मंगलबारको बैठकले निर्णय गरे अनुसार हुन्छ’ थापाले भने। साविकमा पाथीभरा म्याराथन तथा महोत्सवका बेला खुल्लातर्फ पाथीभरा म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुने गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्