९ मंसिर २०८१ आइतबार
image/svg+xml

भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्र्धन अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यवसायीले भारतका विभिन्न सहरमा प्रवद्र्धन अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्र्धन अभियान थालेको हो।

पुरानो सहरमा पूर्वाधार बनाउन कठिनाइ

स्वास्थ्यका हिसाबले महानगरले आफ्नै लगानीमा एक सय शड्ढयाको अस्पताल बनाउनका लागि लेखनाथमा पहिले कार्यालय रहेको ठाउँमा बाल अस्पतालसहितको सुविधा थप्ने योजना छ। आगामी आर्थिक वर्ष त्यो सञ्चालनमा आउनेछ। महानगरभित्रका १८ वटा वडामा जाइका कार्यक्रम अन्तर्गत खानेपानी व्यवस्थापन हुँदैछ। महानगरभित्रका १५ हजार घरधुरीमा स्वच्छ पानी पुगेको छैन। यो वर्ष १० हजार घरधुरीमा पानी पुर्‍याउने लक्ष्य छ।

तस्बिरमा पोखराकाे १३ औं साग

पर्यटकीय नगरी पोखरामा तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता भव्यरुपमा शुभारम्भ भएको छ। सागमा खेलाइने कुल २६ खेलमध्ये आठ खेल आज भव्य समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिकरुपमा शुभारम्भ भएको घोषणा गरे।

मनसुन क्विन

गायक प्रेमप्रकाश मल्लले गाएकै छन्–पोखरा त साँच्चिकै पोखरा नै रैछ। प्रकृतिको अतुलनिय उपहार मानिन्छ पोखरा। कुमारी माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णा जस्ता दर्जनौं हिमालले शुसोभित सहर। तालैताल, गुफा, छाँगा र चराको चिरबिर। कतै स्वर्ग छ भने त्यो पोखरा नै भन्नेमा शंका छैन।

‘मध्यरातपछि लेकसाइडमा जहिल्यै कोलाहल’

जगतकुमारी थापा, (८०) राति मस्तसँग निदाउन नपाएको बषौँ भयो। लेकसाइडको मूल बजारमा बस्ने थापाको निन्द्रा हराउनुमा घरायसी र शारीरिक अशक्तताको कारण होइन, बाहिरी कोलाहलपूर्ण वातावरणले हरेक रात उनको निद्रा खोसिन्छ।

नियमविपरीत होटेल सञ्चालन गर्ने पक्राउ

नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

पोल्याण्डका नागरिक पाेखरामा पक्राउ

पोल्याण्डका नागरिक पाेखरामा पक्राउ परेका छन्। अवैध बाटाे भएर नेपाल प्रवेश गरी पछिल्लाे केही समयदेखि प्रयाटकीय क्षेत्रमा पाेखरमा लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई पर्यटक प्रहरीले पक्राउ गरेकाे छ।

धम्पुसमा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउने तयारी

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाइने भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ सुन्दरीडाँडामा सेमी हाइ अल्टिच्युड फुटबल मैदान बनाउने तयारी भएको हो।

पोखरा फुटबल रंगशालाको शिलान्यास

पोखरा फुटबल रंगशाला निर्माणको काम सुरु गरिएको छ । ठेक्का सम्झौताको दुई महिनापछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आइतबार शिलान्यास गर्दै तोकिएकै मितिमा रंगशालको निर्माण कार्य पूरा गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिए।

तीन दिनमा ४ दुर्घटना

प्याराग्लाइडिङ उडानमा दिनहुँजसो दुर्घटना हुन थालेका छन्। रसियन पाइलट डिमित्री स्टेपान्सिनको मंगलबार सराङकोटबाट ‘टेकअफ’ को क्रममा ज्यान गएको छ। बैदाम चौकीका डिएसपी कोमल शाहका अनुसार टेकअफ गर्ने क्रममा मंगलबार बिहान ११ बजेतिर डिमित्री भुइँमा बजारिएका थिए।

आर्मी क्वार्टरफाइनलबाटै बाहिर

भर्खरै इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप उचालेर पोखरा आइपुगेको त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपको क्वार्टरफाइनलबाटै रित्तो हात फर्किएको छ। दोस्रो रोजाइको टोली उतारेको आर्मी क्यामरुनी टोलीसँग ४–१ को फराकिलो अन्तरमा पराजित भयो। सुदूरपश्चिमको खप्तड गोल्डकपमा पराजय भोगेसँगै नेपाली भूमिमा फुटबल खेल्न उत्रिएको क्यामरुनी डफिन्स क्लबले सोमबार सेमिफाइनल यात्रा तय गर्‍यो।

आहा रारा गोल्डकप फागुन ९ देखि, पुरस्कार राशिमा वृद्धि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको १७औं संस्करणमा आइपुग्दा प्रतियोगिता मिति दुई दिन खुम्च्याइदिएको छ। एन्फाले दिएको मिति फागुन ९ देखि १८ सम्मको छ। जुन विगतका वर्षमा भन्दा दुई दिन कम हो। दुई दिन कम हुँदा दुई क्लबलाई बाहिरै राख्नुपर्ने बाध्यता सहारा क्लबलाई यो संस्करणमा परेको छ। तर अझै पनि १२ वटै क्लबलाई सहभागिता गराउन उद्दत सहारा क्लब छ।

रंगशाला बनाउने कम्पनीको स्थलगत निरीक्षण

फुटबल रंगशाला निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रेट स्पोटर्स एन्ड एमए कन्स्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)का पदाधिकारीले सोमबार बिहान रंगशालाको स्थलगत निरीक्षण गरेका छन्।

उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको उपाधिको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्ने पक्का गरेको छ।

आर्मी फेरि शीर्ष स्थानमा

त्रिभुवन आर्मीलाई पराजित गर्दै आत्मविश्वासी देखिएको सशस्त्र प्रहरी बलको एपिएफ क्लब विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लबसँग पराजित हुन पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्