७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

राष्ट्रपतिको कदम स्वागतयोग्य,नागरिकता विधेयक खारेज गर्नुपर्छ: राष्ट्रिय जनमोर्चा

उनले नागरिकताको विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने माग गरिन्। नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय र विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन्।

आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्छ: दुर्गा पौडेल

उनले बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै दिनानुदिन बढिरहेको आत्महत्याको घटनाको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी हुन्।

समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरियाेः सांसद पौडेल

‘महिलालाई हेर्ने दृष्टिकोण हरेक पार्टीहरुमा दोस्रो दर्जाकै हो भन्ने जुन दृष्टिकोण छ, त्यो भन्दामाथि अहिलेसम्म हेर्दा पार्टीहरुमा त्यो चेत र त्यो प्रकारको सोच अहिले पनि रहेको पाइन्छ। त्यसैले निर्वाचन प्रणाली त प्रणाली हो, तर त्यसमा पनि विभेद गरियो नि। हामीले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली त प्रणाली त्यो मिश्रित प्रणालीलाई अपनाइ सकेपछि त्यसबाट विजयी बनेको सदस्यको त पूर्ण हक बराबर हुनुपर्ने हो।'

सरकार प्रवासीको मतदान अधिकार सुनिश्चित गर्न गम्भिर भएनः दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन घोषण भइसक्दा पनि सरकारले प्रवासी नेपालीहरुको मतदानको अधिकारी सूनिश्चित गर्ने काम नगरेको भन्दै आपत्ति जनाएकी छिन्।

नेपाली केटासँग विवाह गरेर आएकी विदेशी महिलालाई तुरुन्तै नागरिकता दिनुहुँदैनः दुर्गा पौडेल

सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन्। उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन्।

निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं नोक्सानी हुन्छः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताएका छन्।

'मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ।

'संघीयताका सबै प्रादेशिक संरचना खारेज हुनुपर्ने पार्टीको पूरानै अडान'

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्‍याएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्