स्रोत नखुलेको ७ लाखसहित भारतीय नागरिक पक्राउ
सीमा क्षेत्र भारतको जोगबनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
सीमा क्षेत्र भारतको जोगबनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
नेपालले विदेशी पर्यटकका लागि दुई छिमेकी मुलुक चीन र भारतसँग बढी नै अपेक्षा गर्छ। तर, पछिल्ला केही महिनादेखि भारतीय पाहुनाको आगमनमा निरन्तर गिरावट आईरहेको छ। त्यस्तै चिनियाँ पाहुनाको आगमनमा पनि अपेक्षाकृत सुधार हुन सकेको छैन।
पर्यटकीय सहर पोखराले सबैभन्दा बढी अपेक्षा गरेको पर्यटनका श्रोत मुलुक हुन् चीन र भारत। तर, पछिल्लो समय पर्याप्त पर्यटक भित्रिने अपेक्षा गरिएका तिनै श्रोत मुलुकबाटै पाहुना नआएपछि पर्यटन क्षेत्र यो सिजनमा चम्किन नसकेको व्यावसायीले बताउँदै आएका छन्। छिमेकी मुलुकका पाहुना भित्रिन कम हुँदा मुख्य पर्यटकीय सिजन गुल्जार हुन नसकेको उनीहरुको भनाई छ।
अनुसन्धानमा आधारित यस पुस्तकमा नेपालमा हुँदै आएका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्ति क्षेत्र प्रस्ताव कसरी जोडिएको छ भन्नेबारे खुलासा गरिएको छ ।
भारत सरकारले नेपालमा विनासकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि राहत सामग्री प्रदान गरेको छ ।
व्यावसायीले भारतीय यात्रुबाहक बस दुर्घटना हुनुले भारतीय सवारीलाई नेपालका राजमार्गमा गुडाउँदा केही सजग हुनुपर्ने सुझाएका छन्। नेपालको बाटो भारतीय ठुला यात्रुबाहक बसका लागि उपयुक्त नहुने उनीहरुको भनाई छ। ठुला आकारका र दुइतलेसम्मका बस नेपाल आउने गर्दा दुर्घटनाको जोखिम रहेको उनीहरुको भनाई छ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवनको आज उद्घाटन भएको छ ।
नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा सुनसरीका दुई वटा सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ।
टी–२० विश्वकपको आफ्नो उद्घाटन खेलमा भारतका कप्तान रोहित शर्माले आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोजेका छन्। प्रतियोगिता अमेरिकाको न्यूयोर्कमा नेपाली समय अनुसार राती ८ः १५ बजेदेखि सुरु भएको छ।
प्रचण्ड गर्मीले यतिबेला भारतीय सहर हायलकायल छन्। गर्मीमा अत्तालिएका तिनै भारतीय सहरका पाहुनाले अहिले पोखरालाई गन्तव्य बनाएका छन्। पर्यटकीय क्षेत्र लेकसाइडमा अहिले भारतीय पाहुनाको भीडभाड देखिन्छ। निजी गाडीमा हुँइकिने देखि समूह बनाएर घुम्न आउने भारतीय पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान बनेको व्यावसायीको भनाई छ।
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
विस्फोटक पदार्थ आयातमा भारतीय अवरोधका कारण नेपालका विकासे परियोजना प्रभावित हुन थालेका छन्।
भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।
भारतमा चुनाव भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीका दुई शीर्ष सहयोगीको भाषण तोडमोड गरिएको भन्ने विषयको अनुसन्धान र प्रतिद्वन्द्वी कांग्रेस आईका केही कार्यकर्ता पक्राउ परेको घटना अधिक चर्चामा छ।
आफूसँग असहमत हुने पक्ष, विचार, समुदाय, वर्गविरुद्ध घृणा फैलाउँछन्। घृणाको विस्तार नै लोकतन्त्रका लागि घातक विष हो।