१३ आश्विन २०८० शनिबार

चितवनमा गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्न नगर नगरपालिका वडा नम्बर ५ स्थित जनकौली र ढुंग्रे खोलाको सीमा क्षेत्रमा मगर टोलका ४५ वर्षीय फगुन्ना महतोको गोहीको आक्रमणबाट मृत्यु भएको हो।

‘घडियाल काव्य उत्सव–२०८०’

नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु

‘कैलालीमा जलचरहरु एकपछि अर्को गर्दै देखिन थालेपछि यहाँको पर्यावरणमा सन्तुलन आएको मान्न सकिन्छ,’ विश्व वन्यजन्तु कोषका जल सम्बन्धी विशेषज्ञ करण देवान भन्छन्,‘कैलालीको भजनी र टीकापुर क्षेत्र भएर बग्ने मोहना नदीमा विगत केही समय यता डल्फिनका साथै लोपोन्मुख मगर गोही पनि देखिन थालेका छन्, जलचलहरु देखिनु पनि यहाँको पर्यावरणीय अवस्था सप्रिएको मान्न सकिन्छ।’

गोहीको २२४ बच्चा थपिए

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन्। राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन्।

नौ गोही मरे

गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन्। सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ।

नौ गोही मरे

गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन्। सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो। सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन। जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन। अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो।

गजेन्द्रमोक्ष कहिले बन्ला दुःखमोक्ष ?

गोहीको आक्रमणबाट हात्तीलाई विष्णुले उद्धार गरेको गजेन्द्रमोक्ष धाममा बर्सेनि हजारौं भक्तजन आउँछन्। तर, यसै क्षेत्रका बासिन्दाका लागि भने नारायणी नदी वर्षाैदेखि गोहीजस्तै बनेको छ। विगतको असमान गण्डक सम्झौताका कारण हरेक वर्ष नारायणीको भेलले त्रसित स्थानीय यो दुःखबाट उद्धारको प्रतीक्षामा छन्।

एक सय गोही राप्तीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

राप्ती र नारायणीमा भेटियो दुई भाले घडियाल गोही

भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ।  गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो।

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

हिउँदयाममा नेपालका नदी, खोला, ताल तलैया र सिमसार क्षेत्रमा बसाइ सरेर आउने पानी चरा (विन्टर वाटर बर्ड) को गणना हुन्छ । नदी सफा भए, माछा अन्य जिव र लेउहरु हुन्छन् । तिनै वस्तु खान निकै टाढा साइबेरियादेखि हिमश्रृङ्खला पार गरेर चराहरु नेपाल आउँछन् । नेपालमा बसाइ सरेर आउने पानी चरा भेटिनु भनेको यहाँको नदी, खोला, ताल तलैया र सिमसार प्रदुषित छैनन् भन्ने पनि हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्