१५ वैशाख २०८१ शनिबार
image/svg+xml

२०८० लाई फर्केर हेर्दा: विकास सुस्ताएको वर्ष, बजेटमा कैँची

ठुला रणनीतिक र राष्ट्रिय गौरवका आयोजनाले विगतका वर्षको तुलनामा यसवर्ष निकै कम बजेट पाए। विनियोजित बजेट खर्च भइसके पछि कतिपय आयोजना निर्माणको गति सुस्त रह्यो भने कतिपय आयोजना निर्माणको अन्तिम चरणमा पुगे।

हुलाकी राजमार्ग पूरा गर्न थप ४३ अर्ब आवश्यक

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको बाँकी काम सम्पन्न गर्न ४३ अर्ब रूपैयाँबराबर बजेट आवश्यक पर्ने देखिएको छ।

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

हुलाकी सडक:थपिएको समय सकियो, निर्माण सकिएन

पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ। म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन।

प्रधानमन्त्रीले गरे देशकै लामो झोलुंगे पुल उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार कमला नदीमा निर्माण गरिएको झोलुंगे पुल उद्घाटन र पक्की पुल शिलान्यास गरेका छन्।

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल, कति छ लम्बाई र लागत?

पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।

हुलाकी राजमार्गको पुल अधुरै

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ।

हुलाकी राजमार्ग निर्माण सुस्त

राष्ट्रिय गौरवको आयोजनाको हुलाकी राजमार्ग निर्माणले गति लिन सकेको छैन। राजमार्ग १४ वर्षमा एक हजार ३९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। हुलाकी आयोजना निर्माण सम्पन्न कहिले हुने भन्ने अन्योल कायमै छ।

पुलमा अल्झेको हुलाकी राजमार्ग

सिरहाका ८८ वर्षीय रासलाल यादवले हुलाकी सडकलाई राजमार्गको स्वरूपमा हेर्ने सपना देख्न थालेको सात दशक भइसकेको छ। हुलाकी सडकमा हिँडेका उनको हुलाकी राजमार्गमा सरर आवागमन गर्ने सात दशकदेखिको सपना भने पुलमै अल्झेको छ।

हुलाकी राजमार्ग निर्माणको माग राख्दै भोक हड्ताल

मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले अवरुद्ध हुलाकी राजमार्गको काम तत्कालै थाल्नु पर्ने माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन भोक हड्ताल थालेका छन्।

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

हुलाकी राजमार्ग निर्माण अलपत्र: तत्काल काम सुचारु नगरे आन्दोलनमा उत्रने जनप्रतिनिधिहरूको चेतावनी

हुलाकी सडक निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै मोरङका जनप्रतिनिधिहरूले आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

हुलाकी राजमार्गको प्रगति झण्डै ८३ प्रतिशत

राजमार्ग निर्देशनालयका अनुसार अहिलेसम्म यस राजमार्गअन्तर्गत ९ सय ५० किलोमिटर सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ भने कालोपत्रे गर्न बाँकी करिब ५ सय किमि सडकमा हाल ठेक्का लगाइ निर्माण भरहेको निर्देशनालयले जनाएको छ।

अन्ततः उद्घाटन भयो तिलावे पुल, निर्माण अधुरै

चुनाव नजिकिंदै गएको अवस्थामा जनता समाजवादी पार्टीको तर्फबाट संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका महम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले शनिबार तिलावे नदिको निर्माणाधीन पुलको संयुक्त उद्घाटन गरेका हुन्।

हुलाकी राजमार्गको काम सुस्त, ठेकेदार कम्पनीलाई ताकेता

तराई-मधेसका जिल्ला जोड्ने पहुँचमार्गको रुपमा विस्तार भइरहेको हुलाकी राजमार्ग अन्तर्गत झापाको रतुवादेखि मोरङ विराटनगरसम्म सडक निर्माण सुस्त गतिमा छ। ठेकेदार कम्पनीले ठेक्का लिएको ४४ किलोमिटर सडकमध्ये ३६ किलोमिटर निर्माण सुस्त छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्