अनकन्टार भिरकी सुनाखरी : योगमाया
नेपाली समाजमा जरो गाडेर बसेका सदियौँ पुराना विकृति, विसङ्गति, कुरीति, अन्धविश्वास, सामाजिक विभेद, घुसखोरी, भ्रष्टाचार, जातप्रथाविरुद्ध तथा धर्म र महिला हकहित एवम् प्रकृति संरक्षणका पक्षमा योगमायाले फुकेको विद्रोहको बिगुल आफैमा असामान्य घटना थियो। योगमायाको विद्रोहले राणा सरकारका लागि ठूलो चुनौती खडा गरेको थियो।