२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संयुक्त अनुसन्धान गर्ने रुसी प्रस्ताव ‘जिद्दीपन’ : बेलायत

बेलायतको राजधानी लन्डनको साल्सबरीमा एक पूर्वरुसी गुप्तचर र उनकी छोरीमाथि गत महिना भएको विष आक्रमणबारे संयुक्त रूपमा अनुसन्धान गर्नेबारे रुसले राखेको प्रस्ताव ‘जिद्दीपन’ भएको बेलायतले जनाएको छ।

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बाटुवाटारमा ओलीले आसन्न भारत भ्रमणका विषमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन्।

रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई देशनिकाला

रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ। ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो।

नेपाल र रुसको सम्बन्ध थप प्रगाढ बनाउन प्रधानमन्त्री प्रतिबद्ध

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रमण्डलसँग मंगलबार उनले दुई देशबीचको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरेका हुन्।

रुस्लान म्युजिक फुड फेस्टिभल सम्पन्न

रिपब्लिका मिडियाको आयोजनामा ‘दोस्रो रुस्लान म्युजिक फुड फेस्टिभल’ राजधानीमा शनिवार सम्पन्न भएको छ। भृकुटीमण्डपमा आयोजना भएको कार्यक्रममा दर्शकले खानाको स्वादसँगै सांगीतिक माहोलको अनुभव पनि लिन पाए।

दोस्रो रुस्लान म्युजिक एन्ड फुड फेस्टिवल हुदै

नेपाल रिपब्लिक मिडियाले दोस्रो पटक रुस्लान म्युजिक फुड फेस्टिवलको आयोजना गर्ने भएको छ।

रुसमा ७१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ।

रुसी युद्धक विमान खसालियो

सिरियाली विद्रोही समूहले रुसको एउटा युद्धक विमानमा हमला गरेको छ ।विद्रोहीको आक्रमणमा परेपछि उक्त विमानलाई आकस्मिक अवतरण गराइएको थियो । अस्त्र आक्रमणबाट विमानलाई आकस्मिक अवतरण गराएपछि विमानका चालक र विद्रोही समूहबीच केही समय झडप भएको थियो ।

चुनावमा रुसी हस्तक्षेप हुनसक्छ : सीआइए प्रमुख

रुसको विरोधमा खुलेर उत्रेको अमेरिकी जासुसी संस्था सीआइएले यो वर्षको अन्त्यमा हुन लागेको मध्यावदी चुनावमा रुसी हस्तक्षेप हुनसक्ने बताएको छ।

‘ चीन रुसजत्तिकै चुनौती’

अमेरिकाका लागि चीन पनि रुस जत्तिकै चुनौती भएको अमेरिकी गुप्तचर निकाय (सिआइए)का निर्देशक माइक पोम्पेओले बताएका छन् ।

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउने रुसीको सूची सार्वजनिक

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।

चीनद्वारा ‘पोलर सिल्क रोड’ परियोजना घोषणा, रुसको साथ

चीन सरकारले आफ्नो आगामी परियोजना ‘पोलर सिल्क रोड’को घोषणा गरेको छ। व्यापार विस्तारको उद्देश्यसहित आएको यो महत्वाकांक्षी योजनाले समुद्री मार्गमार्फत उत्तरी धुव्रलाई जोड्नेछ।

सिरियाली मुख्य विपक्षीद्वारा रुससँगको वार्ता अस्वीकार

सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

सिरियाको विषयमा रुस र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

सिरियामा स्थायित्व र शान्ति स्थापनाको विषयमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनबीच शनिबार टेलिफोन वार्ता भएको समाचार छ।

अमेरिकाले रुस र चीनको जस्तै सुरक्षा नीति ल्याउने

अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ।  अमेरिकाले राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै चीन र रूसको  जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको  अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस्ले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्