coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

माओवादी देउवासँग भिख माग्ने ठाउँमा पुग्योः महासचिव पोख्रेल

‘गठबन्धन अस्थिरताको परिणाम हो,’ उनले भने ‘गठबन्धनको नाटकबाट मुलुकले स्थायीत्व प्राप्त गर्न सक्दैन। बलियो राष्ट्रिय शक्तिले मात्र मुलुकमा राजनीतिक स्थायीत्व दिन सक्छ।’ उनले गठबन्धनबाट माओवादी केन्द्र झन् कमजोर बनेको बताए।

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

चुनावअघि बाबुराम भट्टराईसँग एकताको सम्भावना छैन: अध्यक्ष दाहाल

शुक्रबार गोरखाको एक कार्यक्रममा बोल्दै दाहालले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने बताए।

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।

एमालेलाई ढाल्न प्रचण्ड र माधव काँग्रेसको बिँड बनेका छन्ः ओली

'अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ। अब ८ अर्व वर्षपछि केही विचमा भएन भने, केही बीचमै भयो भने त ध्वस्त भइहाल्छ। बीचमा केही पनि भएन भने पनि २३ सिटमा पुर्‍याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउ, सोझो हेर्ने अवस्था पनि थिएन। यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन्। काँग्रेसको बिँड हेर्नुस्त कस्ता छन्? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन्। के–के नामका छन्?'

गठबन्धन फुटाउने खेल रोकिएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्