२६ वैशाख २०८१ बुधबार
image/svg+xml

आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु

ललितपुरको बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ।

ललितपुरको आनन्दवनमा भीषण आगलागी, जोखिममा कुष्ठरोग अस्पताल

ललितपुरको आनन्द वनमा डढेलो फैलिएको छ। आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ रहेको कुष्ठरोग अस्पताल समेत जोखिममा छ।

कैलालीमा एउटा प्रशासनिक भवनको दुई पटक उद्घाटन

कैलालीमा गोदावरी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन दोस्रो पटक गरिएको छ। एउटै भवनको दोस्रो पटक उद्घाटन पछि उत्पन्न विवादले एकाएक तात्न पुगेको हो।

सालका कडीसहित तीन पक्राउ

कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्।

तलब माग्न नगरपालिकामै पुगे शिक्षक

शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरु आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे। उनीहरुले नगरपालिका अगाडि कालो व्यानर बोकेर नाराबाजी गर्दै आफूहरुलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन्।

विपन्न नागरिकलाई जाडोमा न्यानो ब्लाङ्केट

धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटीको आयोजनामा माघे संक्रान्ति तथा सञ्जय साई बाबाको जन्मोत्सवको अवसर पारेर गोदावरी नगरपालिकाका १२ वटै वडामा बसोबास गर्ने २ सय जनालाई न्यानो ब्लाङ्केट वितरण गरिएको हो।

स्थापित उम्मेदवारमाथि नयाँ हाबी

चर्चाका हिसाबले तोसिमा बहालवाला मन्त्री भुसाल र एमाले उम्मेदवार खड्कामाथि पनि हाबी भइरहेकी छन्। तथापि त्यस क्षेत्रमा सत्ता गठबन्धनको उपस्थिति, उम्मेदवारी दिएका व्यक्ति स्थानीय वा बाहिरिया भन्ने पेचिलो विषय, नयाँ दल र उम्मेदवारप्रतिको आकर्षण तथा उम्मेदवारले उठाएका एजेन्डाका कारण निर्वाचन परिणाममा को हाबी हुन्छ भनेर पूर्वानुमान गरिहाल्ने अवस्था देखिँदैन।

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

'नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ' उनले भने,'सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौँ, यसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु।'

नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा

ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्।

चितुवाको छालासहित चार जना पक्राउ

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ का समिर ओली, कैलालीको चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, सोही ठाउँका धिरेन्द्र रावत र बैतडीको डिलासैनी गाउँपालिका–२ का राजेन्द्रसिँह भण्डारी रहेका छन्। उनीहरुको साथबाट चितुवाको टाउकोदेखी पुच्छरसम्मको छाला र २ केजी हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद जोशीले जानकारी दिए।

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे।

स्थानीय तहः नयाँ सरकार, नयाँ योजना

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले पदभार ग्रहण गरेकै दिन ‘आम नगरवासीको जनअपेक्षा अनुसारको विकास’ गर्ने प्रतिबद्धता गरेका छन्।

वडाध्यक्षको परिवारमाथी खुकुरी प्रहार, ४ जना घाइते

गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ। उक्त प्रहारबाट उनका भाइसहित परिवारका ४ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्