१६ वैशाख २०८१ आइतबार
image/svg+xml

लोसपाका एक सांसद भित्र्याउन भोलि धनुषा आउँदै ओली

२०७४ सालको आम निर्वाचनमा मधेस प्रदेशमा २ सिट मात्रै जितेका नेकपा एमाले अगामी निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष ओली मधेस दौडहामा लागेका छन्। २०७४ सालको निर्वाचनमा एमालेले मधेस प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा मात्र जित्न सफल भएको थियो।

संविधान दिवसको दिन लोसपाले गर्‍यो जनकपुरमा विरोध प्रदर्शन

'केन्द्रीय सर्कुलर अनुसार हरेक साल असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएको छौं। हामीले संविधान दिवसको दिन कालो दिवस मनाउँदा प्रश्न गर्छ सत्तामा जाने मन्त्री हुने, भत्ता खाने र संविधानको विरोध पनि गर्ने? तर हामीले प्रष्ट रूपमा भन्न चाहन्छौं। मधेस आन्दोलन लक्ष्य सत्ता मात्रै थिएन। सत्तामा भएपनि र सत्ता भन्दा बाहिर भएपनि असोज ३ गतेलाई कालो दिवस रूपमा मनाउँदै आएका छौं।'

एमालेसँग संवादमा लोसपा

तराई मधेसकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले नेकपा एमालेसँग औपचारिक तथा अनौपचारिक संवाद र सम्पर्क गरेका छन्।

आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न नेता कर्णको आग्रह

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन्।

लोसपा अध्यक्ष ठाकुर सप्तरी–२ बाट सिफारिस

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ।

महन्थ ठाकुर बारा–४ बाट सिफारिस

लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आशन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो।

गठबन्धनबारे प्रधानमन्त्रीको जवाफ पर्खंदै लोसपा

बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले देउवालाई भेटेर आफ्नो पार्टीलाई चुनावी गठबन्धनमा समेट्ने कि नसमेट्ने भनी अविलम्ब प्रस्ट जवाफ दिन आग्रह गरेका थिए।

ठाकुरले देउवालाई सोधे: गठबन्धनमा ल्याउने कि नल्याउने?

‘प्रधानमन्त्रीज्यूले लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन चाहेको देखिन्छ तर यसमा अन्य दलहरू एक मत हुन्छन् भन्नेमा हामी संशकित छौं,’ ती नेताले भने, ‘५ दलीय गठन्धनमा हामीलाई नल्याउने हो भने हामी स्वाभाविक रूपमा एमालेसँग चुनावी तालमेल गर्छौं। अब हामी धेरै दिन पर्खन सक्दैनौं।’

सत्ता र चुनावमा सहकार्य गर्न ठाकुरलाई देउवाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न र सत्ता गठबन्धनमा आबद्ध हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग प्रस्ताव गरेका छन्।

मधेस सरकारको लोकप्रिय ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सामुदायिक विद्यालयमा अध्यनरत्त छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

महन्थले फेरि भेटे प्रधानमन्त्री देउवा

लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने भन्दै आएका महन्थ ठाकुरले सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

प्रदेश संसद् डा. डिम्पल झाको निधन

मधेस प्रदेश संसद् डा. डिम्पल झाको निधन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेश प्रदेश सभाकी संसद् डा. झाको उपचारको क्रममा शनिबार राति निधन भएको हो।

कांग्रेस–एमालेसँग समानान्तर संवादमा लोसपा

स्थानीय चुनावमा एमाले र कांग्रेसमध्ये एकसँग गठबन्धन गर्ने पार्टीको नीति छ। त्यसका लागि शीर्ष नेताहरूले एमाले र कांग्रेसका नेतासँग अनौपचारिक संवाद र छलफल गरिरहनुभएको छ। तर पनि गठबन्धन कांग्रेसभन्दा एमालेसँग हुन्छ कि जस्तो छ।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्