२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बैतडीमा काम नगर्ने ठेकेदारको नाम मन्त्रालय पठाइयो

बैतडीमा काम नगर्ने ठेकेदार कम्पनीको नाम गृह मन्त्रालयमा पठाइको छ। जिल्ला प्रशासन कार्यालयले विकास निर्माणका काम समयमै नसक्ने २२ कम्पनीको नाम गृह मन्त्रालयमा पठाएको हो।

बैतडीमा भूकम्पको धक्का

बैतडीसहित ७ नम्बर प्रदेशमा भुकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ७ : १९ बजे भुकम्पको धक्का महसुस गरिएको हो।

बैतडीमा बस दुर्घटना, १४ जना घाइते

बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन्। बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो।

बैतडीमा २९ जनामा औलो

प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ। पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए।

क्रिकेट र भलिबलले धान्दै बैतडीको खेल

जिल्लामा क्रिकेट र भलिवलबाहेक अन्य खेलकुदका प्रशिक्षक नहुँदा गतिविधि हुने गरेका छैनन्। फुटबल, कराँते, कपर्डी, टेबल टेनिस, ब्याटमिन्टन एथ्लेटिक्स लगायतका खेल नहुँदा यी खेलका खेलाडी शून्य प्रायः छन्।

बैतडीका ४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ।

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन्।  मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए।

पत्रकार महासंघ बैतडीलाई जग्गादान

नेपाल पत्रकार महासंघ, शाखा बैतडीलाई एक स्थानीय बासिन्दाले रु तीन लाख बराबरको जग्गादान गरेका छन्।  जग्गादान गर्नेमा दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्ट छन्। पत्रकार महासंघ शाखा बैतडीको आफ्नो भवन नहुँदा समस्या भइरहेका बेला स्थानीयवासी रामदत्त भट्टले तीन आना जमिन दान गरेको पत्रकार महासंघ शाखा बैतडीका सचिव नरी बडुले जानकारी दिए।

बैतडीमा छ उम्मेदवारको धरौटी जफत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छजनाको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छजना उम्मेदवारको धरौटी जफत भएको हो।

बैतडीमा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ जम्मा ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

बैतडीमा समानुपातिकमा एमाले पहिलो

बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएको छ।  यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ।

बैतडीको दुबै प्रदेशमा वाम गठबन्धन विजयी

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमावाम गठबन्धनले जित हात पारेको छ । प्रदेश १ (क) मा नेकपा माओवादी केन्द्रका प्रेम प्रकाश भट्ट १८ हजार ९३ मत लिएर विजयी भएका छन् ।

बैतडीमा वाम गठबन्धनको अग्रता कायमै

बैतडीमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । शुक्रबार दिउँसो साढे दुई बजेसम्मको मत परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा ३ हजार ३ सय ५ मतले अग्रता लिएको छ ।

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन्।

बैतडी आउँदैछन् अर्जुन र परिणिती

नेपाललाई यदाकदा सुटिङका लागि खुल्ला स्टुडियो भन्ने गरिन्छ । प्राकृतिक सुन्दरता र पुरातात्विक महत्वका संरचनाका कारण नेपाल पश्चिमा मुलुकका लागि पनि सुटिङ गन्तव्य बन्दै गइरहेको छ ।  छिमेकी फिल्म उद्योग बलिउडका पनि थुप्रै फिल्म नेपालमा खिचिएका छन् । नेपालमा बलिउडका झण्डै दर्जन बढी सुपरहिट फिल्महरु खिचिएका छन् । अग्ला हिमाल, सुन्दर र पुरातात्विक सम्पदा, चाखलाग्दा आकर्षक संस्कृति, तिब्र गतिमा बग्ने नदी, राष्ट्रिय निकुञ्जसँगै सुगम र दुर्गम स्थानमा रहेका ताल तलैयाले पनि नेपालमा फिल्म छायांकनका लागि विदेशीका लागि आकर्षक गन्तव्य बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्