२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खसेको छ । बैतडीमा स्थानीय तहको निर्वाचनमा भने झन्डै ७२ प्रतिशत मत खसेको थियो ।

बैतडीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ। दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका नरबहादुर चन्द विजयी भएका थिए। भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्यराज्यमन्त्री छन्।

बैतडीमा उम्मेदवार टुंगो

पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि बैतडीका मुख्य राजनीति दलका तर्फबाट उम्मेद्वारको टुंगो लागेको छ।

पूर्वप्रधानमन्त्री चन्द बैतडीबाट सिफारिस

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिस भएका छन्।

बैतडी दोगडाकेदार—४ का वडाध्यक्षको मृत्यु

बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको बिष्टको मंगलबार मृत्यु भएको छ । वडाध्यक्ष बिष्टलाई शुक्रबार एक्कासी ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिए ।

बैतडी कांग्रेसले आकांक्षीको नामावली केन्द्रमा पठायो

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ।

बैतडीमा एमालेले लगायाेउम्मेदवारकाे टुङ्गो

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ ।

सोह्रवर्षपछि बैतडीमा चिकित्सक, बाजागाजासहित स्वागत

बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् ।

बैतडीका स्थानीय तहमा खटाइयो कार्यकारी अधिकृत

जिल्ला समन्वय समितिको कार्यालय बैतडीले जिल्लाका १० ओटै नयाँ गाउँपालिका तथा नगरपालिकामा कार्यकारी अधिकृत खटाइएको छ ।

जडिबुटीको रस खाँदा बैतडीमा एक जनाको मृत्यु

बैतडीको उत्तरी च्वागड क्षेत्रको थलाकाँडा-१ बजाडामा जडिबुटीको रस खाँदा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था चिन्ताजनक छ। शनिबार बेलुका ७ बजे आकाशबेलीनामक जडीबुटी खाँदा २३ बर्षीय दिपेन्द्र रोकायाको मृत्यु भएको छ।

बैतडीमा लडेर एक जनाको मृत्यु

बैतडीमा लडेर एक जनाको ज्यान गएको छ। न्वाली–६ सल्सेनाका ४५ बर्षीय करनसिंह कार्कीको सित्तड–४ पन्ज्युनया नजिक बाटोबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

३० वर्षपछि घर फर्कन चाहेका बैतडीका नरेन्द्रको अवस्था फेरि अज्ञात

घरबाट बेपत्ता भएर ३० वर्षपछि परिवारको सम्पर्कमा आएका बैतडी, हटैराज–२ का नरेन्द्रबहादुर चन्दको अवस्था अज्ञात रहेको छ। फोनमार्फत परिवारको सम्पर्कमा रहेका उनी गत पुस ११ गतेदेखि सम्पर्कमा छैनन्। पाकिस्तानी सुरक्षा निकायले बसोबास गर्दै आएको पाकिस्तानको बलुचिस्तानबाटै पक्राउ गरेको भन्ने जानकारी पाएपछि सम्पर्क हुन नसकेको उनका आफन्तले बताए।

बैतडीमा बस दुर्घटना, पाँचको मृत्यु

बैतडीमा आज दिउँसो बस दुर्घटना हँुदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्