२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अशक्तलाई घरमै नागरिकता

शारीरिक रुपमा अशक्त दशरथचन्द नगरपालिका–२ की २२ वर्षीय हिरा बोहरालाई प्रमुख जिल्ला अधिकारीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएका छन्। प्रजिअ चन्द्रप्रसाद गैरेले घरमै गएर बोहरालाई प्रमाणपत्र वितरण गरेका हुन्।

बैतडीमा हिमपात (फोटो फिचर)

बैतडीमा हिमपात भएको छ। मौसम बदली भई जिल्लामा आइतवार राती भारी हिमपात भएको हो। हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित छ।

भूकम्पको कृतिम अभ्यास

दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका वडाध्यक्ष हरिश जोशीले आफ्नो कार्यकक्षमा रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको मोबाइलमा फोन गरे। हतारिएको स्वरमा उनले भने, ‘सर भर्खर यहाँ भूकम्प आयो, धेरै क्षति भएको अनुमान छ।

दुई वर्षमा ७७ बालबालिका हराए

दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन्।

बालविवाह न्यूनीकरणमा किशोरी सक्रिय

बैतडीमा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन्। बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि स्थानीय किशोरी सामुहिक रुपमा अग्रसर हुन थालेका छन्।

बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो

बैतडीमा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ।

बैतडीका ५० वडा सचिवविहिन

स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन्।

बैतडीका सरकारी संरचना छैनन् अपांगमैत्री

बैतडीको दशरथचन्द नगरपालिकमा कार्यरत नासु लष्मी बिष्ट कार्यालय जाँदा सधै त्रासमा हुन्छिन्। कार्यालय पुग्नुअघि कुन दिन सिँढीबाट लडिन्छ सधै डराउनुपर्ने अवस्था छ। शारीरिक रुपमा अपांग बिष्ट जस्तै धेरै सेवाग्राही आपांगमैत्री कार्यालय नहुँदा समस्यामा छन्।

बैतडी–दार्चुला राजमार्ग अवरुद्ध

बैतडी–दार्चुला राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ३ बजे डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

गोकुलेश्वर र बैतडीको पाटनमा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले उद्घाटन गरेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्