२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिरियामा हिंसात्मक घटना बढे, २८ लडाकुको मृत्यु

सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताहरुले बताएका छन्।

सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

सिरियाको सरकारी फौजले इड्लिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ। सो हवाई आक्रमण रुसी सेनाले गरेको आशंकासमेत गरिएको छ।

मर्केल र म्याक्रोंसँग पुटिनको फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गृहयुद्धमा होमिएको सिरियाको पछिल्लो अवस्थाबारे मंगलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोसँग टेलिफोन वार्ता गरेको क्रेमलिनले जनाएको छ। टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका विषयमा धारणा राखको बताइएको छ।

सिरियामा हवाई आक्रमण, १० सर्वसाधारण मारिए

रुसको नेतृत्वमा सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीमा १० सर्वसाधारण मारिएका छन्।

सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए

सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन्।

सिरियाको द्वन्द्व समाधानका लागि कजाकिस्तानमा वार्ता

कजाकिस्तानको राजधानी नुर–सुल्तानमा सिरियामा जारी द्वन्द्वको उपयुक्त समाधानको उपाय पहिल्याउने उद्देश्यले छलफल गर्न इरान, रुस र टर्कीका प्रतिनिधिहरु भेला भएका छन्।

‘सिरियामा इस्लामिक स्टेट पूर्ण रूपमा पराजित’

आफ्नो अन्तिम आधार क्षेत्र गुमाएसँगै सिरियाबाट इस्लामिक स्टेट (आइएस) पराजित भएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस् (एसडिएफ)ले शनिबार जनाएको छ।

करोड बढी सिरियन मानवीय सहायताकाे पर्खाइमा

सिरियामा सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।

अमेरिकाले सिरियाबाट सैनिक फिर्ता नगर्ने

संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ। यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो। तर पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो।

सिरियाबाट अमेरिकी सेना फिर्ता हुन सुरु

सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुनेक्रम सुरु भएको छ। गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।

‘सिरियाबाट सबै अमेरिकी सेना फिर्ता हुँदैनन्’

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता सुरु भएको बताएका छन्। उनले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकको चासोलाई अमेरिकाले सुनिश्चित गर्नेसमेत स्पष्ट पारेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

सिरिया द्वन्द्व : ‘फौज फिर्ता लाने प्रक्रिया ढिलो गर्दै ट्रम्प’

सिरियाबाट अमेरिकी फौज फिर्ता लाने योजना बनाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इस्लामिक स्टेट (आइएस)लाई परास्त गर्न प्रतिबद्ध रहेको एक उच्च रिपब्लिकन नेता लिन्डसे ग्राहमले बताएका छन्। सिरियाबाट अमेरिकी फौज फिर्ता लाने प्रक्रियालाई ढिलाइ गरिएको र अमेरिकी राष्ट्रपति ट्रम्पसँग आइतबार भेटेपछि उनी आइएसलाई परास्त गर्नुपर्छ भन्नेमा प्रतिबद्ध रहेको विषयमा पुनः विश्वस्त भएको सिनेटर ग्राहमले बताए।

सिरियाबाट सैनिक फिर्ता गर्ने विवादास्पद आदेशमा हस्ताक्षर

सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो।

हवाई कारबाहीमा २६ सर्वसाधारण मारिए

अमेरिका नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी सिरियामा कम्तीमा २६ सर्वसाधारणको मृत्यु भएको छ।

सिरिया शिखर सम्मेलन इस्तानबुलमा शुरू

सिरियाको राजनीतिक सङ्कटबारे छलफल गर्न रूस, जर्मनी, फ्रान्स र टर्की सहभागी भएको शिखर सम्मेलन शनिबार इस्तानबुलमा शुरु भएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एदोर्गानले सम्मेलनको उद्घाटन गर्दै सम्मेलनले सिरियाको सात बर्ष लामो राजनीतिक सङ्कटलाई समाधान गर्न विकल्प निकाल्ने विश्वास गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्