२० आश्विन २०८१ आइतबार
image/svg+xml

रुसी विमानमाथि आक्रमण, १५ जनाको मृत्यु

रुसी जासुसी विमानलाई सिरियामा क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खसालिएको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ।

रुसले सिरियामा पठायो ६३ हजार सेना

रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ। रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो। ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ। यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए।

सिरियामा अात्मघाती बम विष्फाेट, कम्तिमा ३८ जनाकाे मृत्यु

सिरियामा बुधबार विहान भएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ३८ जनाको मृत्यु भएको छ । घटना सिरियाको सरकार नियन्त्रित दक्षिणी प्रान्त स्वेडाको एक शहरमा भएको हो।

सिरियामा द्वन्द्व जारी, विस्थापित हुने बढे

दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएका छन् ।

दुर्इ लाख ७० हजार सिरियाली विस्थापित

विद्रोही नियन्त्रित सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सरकारले दुई साताअघि सुरु गरेको हमलाका कारण कम्तीमा दुई लाख ७० हजार मानिसले आफ्नो घरबार छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सिरियामा इजरायलले हान्यो क्षेप्यास्त्र

सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ।

सिरिया युद्ध एक अपराध : अमेरिका

मानव अधिकारको क्षेत्रका कार्यरत संस्था एम्नेष्टी इन्टरनेशनलले सिरियामा भएको चार महिना लामो युद्ध अपराधको एक पराकाष्ठा भएको बताएको छ।

सिरियामा अवरोध छैनः रुस

सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ।

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ।

सिरियामा नौ टर्कीस् सैनिक मारिए

उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन्।  उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्कीस् सैनिक मारिएका बताइएको छ। टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ।

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनकाे आलोचना

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो।

अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु

सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ। कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन्।

सिरिया आक्रमणमा रुसकाे चेतावनी

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई सिरियामा आक्रमण थालेपछि रुसले यसबारे चेतावनी दिएकाे छ।अमेरिकाका लागि रुसी राजदूतले चेतावनी दिएका हुन्।

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरू सुनिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्