५ मंसिर २०८१ बुधबार
image/svg+xml

पहिरोका कारण दिनमा घर, रातमा स्कुल बास

पहिरोका कारण बिस्थापित बनेका खोटाङको दक्षिणी गाबिस सुन्तले–४ भाङ्टारका ९ परिवार अझै घर फर्कन सकेका छैनन् । वर्षाका कारण पहिरोले गाउँ तान्न थालेपछि गत बुधबारदेखि बिस्थापित ९ घरका ६६ जना स्थानीय जनचेतना प्राबिमा आश्रय लिएर बसिरहेका छन् ।

पहिरोमा पुरिएका तीनवटा शव निकालेर काठमाण्डौँ लगियो

उत्तरी गोरखाको केरौँजा–९ मा बीहिबार पहिरोमा परी मृत्यु भएकामध्ये तीनजनाको शव शुक्रबार पोष्टमार्टमका लागि काठमाण्डौँ लगिएको छ। स्पेनिस नागरिक म्यानुयल रेप, दोर्जे लामा र छिरी शेर्पाको शव टिचिङ अस्पताल लगिएको हो। बिहीबार निरन्तर पहिरो बगिरहँदा शव निकाल्न समस्या भएको थियो।

पदमार्गमा लगातार पहिरो, ४ को मृत्यु, ६ गम्भीर

उत्तरी गोरखाको केरौँजा–९ दोभाननजिकै बिहीबार पहिरोमा चार जनाको मृत्यु भएको छ। पहिरोमा १३ घाइते छन्, तीमध्ये ६ गम्भीर छन्। मृत्यु हुनेमा एक स्पेनिस पर्यटक, उनीसँगै रहेको पथप्रदर्शक ३५ वर्षीया दोर्जे लामा, ३० वर्षका छिरी शेर्पा र क्यान नेपालका कर्मचारी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा परी मृत्यु भएको हो। घाइतेको राजधानीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

उत्तरी गोरखामा पहिरो, विदेशीसहित चारको मृत्यु

उत्तरी गोरखाको केरौंजा– ९ दोभान भन्दा तल पुलपारि पहिरोमा परी बिहीबार चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। बिही गाविसबाट फर्कँदै गर्दा एक जना बिदेशी स्पेनिस नागरिकसहित गाइड ३५ वर्षका दोर्जे लामा, ३० वर्षका छिरि शेर्पा र क्यान नेपाल नामक संस्थाकी कर्मचारी ओखलढुङ्गाकी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा पुरिएर मृत्यु भएको घटनास्थल पुगेको प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

पहिरोले पुरेर एकको मृत्यु, अर्का घाइते

पहिरोले पुरेर धनकुटाको पाख्रिबासमा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रातिदेखि लगातार वर्षा भएका कारण बुधबार बिहान घरमाथि झरेको पहिरोले पाख्रिबास नगरपालिका ८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको घटना स्थलमा नै मृत्यु भएको हो।

पहिरोमा पुरिएर एकको मृत्यु, पाँच घाइते

वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा रहेका छन् ।

पहिरोले आठ घर विस्थापित

पाँचथर- निरन्तरको बर्षापछि गएको पहिरोका कारण लुङरुपा गाविसमा आठ घरका वासिन्दा विस्थापित भएका छन्। लुङरुपा– २ को छेउटार भन्ने ठाँउमा खेला कटान भई आहेको पहिरोले जोखिम बनाएपछि यतिको संख्यामा विस्थापित भएका हुन्।

पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा-बागलुङ सडक अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका-११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो।

लेखनाथमा पहिरोले घर पुरिँदा ४ बालबालिकाको मृत्यु

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा लेखनाथ-४ खरानीफाँटमा बिहीबार चार जनाको ज्यान गएको छ। पहिरोमा परेर दुई बालक र दुई बालिकाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर स्याङ्जामा चार जनाको मृत्यु

स्याङजाको केवरे-७ उपल्लोताप्के गाउँमा पहिरोले घर पुरिँदा तीज मनाउन आएका आफन्तसहित चार जनाको ज्यान गएको छ। आइतबार बिहान करिब १ बजे झरेको पहिरोले घर पुरेको थियो। स्याङजाका डीएसपी वीरबहादुर पुलामी मगरका अनुसार स्थानीय थमनसिं सारुको घर पहिरोमा पुरिएको थियो।

पहिरोमा पुरिएर ६ को मृत्यु

अविरल वर्षापछि आएको पहिरोले ताप्लेजुङमा चार र भोजपुरमा दुई गरी ६ जनाको ज्यान गएको छ। एक जना घाइते छन्। शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताप्लेजुङ नगरपालिका–२, निरौला टोलमा तीन र ताप्लेजुङ– ८, धुसेनी, अँधेरीमा दुई जनाको मृत्यु भएको हो।

ताप्लेजुङको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो

ताप्लेजुङ- ताप्लेजुङ नगरपालिकाका बिभिन्न स्थानमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। बेपत्ता एक महिलाको शव शनिवार अपरान्ह फेला परेपछि पहिरोमा पुरिएका चारैजनाको मृत्यु भएको पुष्टी भएको हो।

पहिरोग्रस्त क्षेत्रमा रातभर जाममा

नयाँ कारमाथि ढुंगा बज्रिएर कच्याक कुचुक्कै भएको घटनादेखि रातमा आँखा अगाडि पहिरो खस्दा डराउँदै बसेका यात्रुसम्मका अनुभवलाई समाचार बनाइयो। तर यात्रा गर्दा बढीमा दिउँसो तीन घण्टा समय लागेको बाहेक अरु अनुभव मसँग थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्