राजपाक्षे परिवारको पतन
झण्डै २ दशकसम्म राजपाक्षेका ४ दाजुभाइ र छोराहरूले श्रीलंकालाई पारिवारिक व्यवसायका रूपमा चलाए। विद्यमान अव्यवस्थाको कारण त्यही बन्यो।
झण्डै २ दशकसम्म राजपाक्षेका ४ दाजुभाइ र छोराहरूले श्रीलंकालाई पारिवारिक व्यवसायका रूपमा चलाए। विद्यमान अव्यवस्थाको कारण त्यही बन्यो।
प्रदर्शन तीव्र बनेपछि गोटाबायाले आज राजीनामा दिने बताइएको थियो। यद्यपि गोटाबायाले राजीनामा नदिइ हाल माल्दिभ्स पुगेका छन्। गोटाबाया भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन्।
गत जुनमा कोलम्बोको समुद्री तटमा टेन्टले बनाएको क्याम्पमा केही दर्जन अभियन्ताले सरकारविरुद्ध कमजोर हुँदै गएको प्रदर्शनलाई कसरी सशक्त पार्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए। एक क्याथोलिक पुजारी, डिजिटल रणनीतिका, नाटककार समेत सहभागी उक्त समूहले कल्पना नै नगरेको सफलता हासिल गरेको छ।