२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए।

के मानव पुर्खा नरभक्षी थिए?

१४ लाख ५० हजार वर्षअघिको मानव खुट्टाको जीवाश्ममा ढुंगाको हतियारको प्रयोगले लागेको घाउको अध्ययनले पुर्खा नरभक्षी रहेको देखाएको हो।

खडेरीका कारण नौ लाख बढी बालबालिका कुपोषित

एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ। संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ।

नेपालद्वारा केन्याविरुद्ध क्लिन स्विप

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ। अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए। वसिर ५२ रनमा अविजित रहे। यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए। ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए।

आसिफको शतकमा नेपालले केन्यालाई सहजै जित्याे

नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे। आसिफले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अर्जुन साउदले ९७ बलमा ६१ रनको योगदान गरे। ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन जोडेर आउट भए। कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले नटआउट ३ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट १५ रन बनाए।

डेब्यु खेलमा अर्जुनको उत्कृष्ट प्रदर्शन

अर्जुन साउदले डेब्यु खेलमा गरेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार केन्याविरुद्धको तेस्रो ट्वान्टी २० खेलमा ४ विकेटको जितसहित पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ।

केन्यासँग भिड्दै नेपाल

नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन्। वरियताको ३०औं स्थानमा रहेको केन्या नेपालका लागि सहज प्रतिद्वन्दी रुपमा हेरिएको छ। पछिल्लो पटको दुई भेटमा नेपालले केन्यालाई हराएको छ।

केन्याको तटीय क्षेत्रमा दुर्घटना, १५ जनाको मृत्यु

केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन्।

प्राथमिकतामा नराखेको खेलकुदबाट चर्चित

शारीरिक रूपमा अशक्त भए पनि मोहम्मद मानसिक रूपमा बलियो देखिइन्। उनले आफ्नो क्षमता प्रमाणित गर्दै उनी हाल केन्याकै सबैभन्दा चर्चित पारा ओलम्पिक खेलाडी बनिसकेकी छिन्। केन्याबाट पारा ओलम्पिकमा स्थान बनाउने मोहम्मद पहिलो महिला रोअरर खेलाडी बनिन्।

स्वर्णमा अमेरिकाले उछिन्यो चीनलाई

केन्याका धावक एलियुड किपचोगीले म्याराथनमा मास्टर्स क्लास प्रदर्शन गरेको दिन अमेरिकाले पदकतालिकाको शीर्ष स्थानमा चीनलाई पन्छाउँदै महामारीका कारण प्रभावित टोकियो ओलम्पिक २०२० को आइतबार अन्त्य गरेको छ।

केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप

केन्याका राष्ट्रपति उहुरु केन्याटा र उनकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्। महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाएका हुन्।

केन्यामा तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी, फेरि दुई महिना कर्फ्यु घोषणा

केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गरेको समाचारमा जनाइएको छ।

केन्याको पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो

केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। अत्याधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो पहिरो गएको अधिकारीले जानकारी दिएका छन्। उनीहरुका अनुसार बाढी र पहिरोमा परी अन्य सात जना अझै पनि बेपत्ता रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्