२५ असार २०८१ मंगलबार
image/svg+xml

महासंघले पत्रकार र परिवारको बिमा गरिदिने

पत्रकार महासंघ कास्कीले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा आफू मातहत रहेका तीन सयभन्दा बढी पत्रकार र तिनका परिवारको पारिवारिक बिमा गरिदिने भएको हो। महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बिमाको सोमबार शुभारम्भ गरिएको छ।

पत्रकार महासंघ आफ्नै भवनमा

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको तीनतले भवन उद्घाटन गरीएको छ। सदरमुकाम फिदिमको मिडिया मोडमा निर्मित भवनको १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले उद्घाटन गरे।

पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक सम्मानित

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरेको छ। विधागत संस्था स्थापना गरि नेपाली पत्रकारीता क्षेत्रमा विधागत पत्रकारीताको विस्तार र विकासमा योगदान पुर्‍याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरेको हो।

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको व्यवस्था गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघ यूरोप शाखाको शनिबार सम्पन्न चौथो अधिवेशन पछि जारी घोषणापत्रमा प्रवासमा क्रियाशील रहेका पत्रकारहरुलाई आगामी केन्द्रीय महाअधिवेशनमा सहभागी गराउन अनलाईन भोटिङ्गको विशेष व्यवस्था गर्न माग गरिएको उल्लेख छ।

नेपाल पत्रकार महासंघको महाधिवेशन सुरु

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ। ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारासहित सुरु भएको महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' ले उद्घाटन गरे।

प्रधानमन्त्रीको कदमप्रति पत्रकार महासंघको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सिफारिस गरेको प्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।

कोरोनाको बहाना देखाएर पत्रकार निकाल्ने सञ्चारगृहविरुद्ध आन्दोलनमा उत्रिने पत्रकार महासंघको चेतावनी

मंगलबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले श्रमजीवि पत्रकारविरुद्धका यस्ता सबै खाले क्रियाकलाप एक साताभित्र बन्द गर्न सम्बन्धित सञ्चारगृहलाई आग्रह पनि गरेको छ।

पत्रकारलाई सेवाबाट नहटाउन आग्रह

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले कोरोना भाइरसको जोखिममा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई सेवाबाट नहटाउन आग्रह गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्