१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकारलाई सेवाबाट नहटाउन आग्रह

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले कोरोना भाइरसको जोखिमका समयमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई सेवाबाट नहटाउन आग्रह गरेका छन् । उनले विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट अवकाश दिन थालेकामा चिन्तासमेत व्यक्त गरेका छन् ।     

उनले भने, ‘विपद्का अवस्थामा सञ्चारकर्मीको थप सामाजिक सुरक्षा र कोरोना संक्रमणबाट आइसोलेसनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन म सरकासँग आग्रह गर्दछु ।’ उनले सरकारले स–साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई सहुलियत कर्जा उपलब्ध गराउन मागसमेत गरे ।  

शाखाले करिब क्रियाशील २५० सञ्चारकर्मीको कोरोनासम्बन्धी स्वास्थ्य बिमा, चामल, दाललगायत खाद्य सामग्री सहयोग गरेको छ । त्यस्तै, सुरक्षात्मक सामग्रीहरु मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजर, पिपिइ तथा प्रेस ज्याकेट तथा सदस्यहरुको शरीरको तापक्रम नापिरहने प्रबन्ध गरेको जनाइएको छ । 

प्रकाशित: २९ जेष्ठ २०७७ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App